Logo
|
Saturday 22nd March 2025
Logo

epaper

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. विकास देवकोटा



नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. विकास देवकोटा नियुक्त हुनुभएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले डा देवकोटालाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।

लोक सेवा आयोगका अध्यक्षको नेतृत्वमा रहेको सिफारिस समितिले सचिवका लागि डा देवकोटासहित स्वास्थ्य मन्त्रालयमा १२औं तहमा रहेका डा. संगिता मिश्र र डा. टंक बाराकोटीको नाम सिफारिस गरेको थियो।

हाल डा देवकोटा स्वास्थ्य सेवा विभागको महानिर्देशक हुनुहुन्छ ।

डा.देवकोटाले स्वास्थ्य मन्त्रालय विभिन्न महाशाखा प्रमुख र मन्त्रालयको प्रवक्ताको भूमिका निर्वाह समेत गरिसक्नुभएको छ ।

यस्तै उहाँसँग लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवको अनुभव पनि छ ।

प्रतिक्रिया दिनुहोस्