Logo
|
Monday 13th May 2024
Logo

epaper

डिपफेकको शिकार बनेकी युवतीको कथाः जब आफ्ना अश्लील तस्बिर र भिडियो पोर्न साइडमा देखेँ…

'९८ प्रतिशत डीपफेक भिडियो पोर्नोग्राफिक'



SOURCE: MIKE VIA ADOBE STOCK

सन् २०२१ कुरा हो । जुडी (नाम परिवर्तन) लाई अज्ञात इमेलबाट पोर्न वेबसाइटको लिङ्क आयो । उनले लिङ्कमा क्लिक गर्दा एउटा भिडियो खुल्यो । त्यहाँ उनको अश्लील तस्बिर र एउटा भिडियो थियो ।

जसमा उनी धेरै पुरुषसँग यौनसम्पर्क गरिरहेको देखिएकी थिइन । जोडीको अनुहार अर्को महिलाको शरीरसँग जोडिदिएको थियो । यस प्रकारको भिडियोलाई डीपफेक भनिन्छ । यद्यपि यी नक्कली हुन तर तिनीहरू वास्तविक जस्तै देखिन्छन् ।

कसैले पोर्न वेबसाइटमा जुडीको तस्बिर पोष्ट गरेर उनलाई देखेपछि निकै उत्तेजित महशुस गर्ने लेखेका थिए ।

डीपफेक फोटो र भिडियोहरू

यसरी तस्बिर पोस्ट गर्ने व्यक्तिले अन्य व्यक्तिहरुलाई जुडीको थप डीपफेक भिडियोहरू बनाउन अपील गरेका थिए । डीपफेक फोटो र भिडियोको बदला प्रयोगकर्ताले थप व्यक्तिगत फोटो र जानकारी सेयर गर्ने प्रलोभन दिएका थिए ।

जुडी अहिले २५–३० वर्षकी भइन् । आफ्नो अनुभवको बारेमा पहिलो पटक बोल्दै भनिन,–‘म चिच्याउदै रोइरहेकी थिएँ । फोनमा स्क्रोल गर्दै आफूले देखेको र पढिरहेका गतिविधि बुझ्ने प्रयास गर्दै थिएँ। यसले मेरो जीवनलाई बर्बाद पार्न सक्थ्यो ।’

जुडीले पोर्न वेबसाइट स्क्रोल गरिरहँदा आफ्नो सम्पूर्ण जीवन अन्त्य भएको महसुस गरिन् । उनलाई यसरी निशाना बनाइएको पहिलो पटक भने होइन । वास्तवमा, यो धेरै वर्षदेखि चलिरहेको अनलाइन उत्पीडनको परिणाम थियो । उनको सहमति बिना फोटोहरु डेटिङ एपमा प्रयोग भइरहेका थिए ।

क्याम्ब्रिजको किंग्स कलेजको अगाडि खिचिएको जुडीको ब्लर फोटो

डिपफेकको मद्धतबाट अपमान

सन् २०१९ मा उनले अपरिचित व्यक्तिबाट फेसबुकमा सन्देश प्राप्त गरे । यी सन्देशमा उनलाई लन्डनको लिभरपुल स्टेशनमा डेटको लागि भेट्न भनिएको थियो। जुडीले आफू ति महिला नभएको बताइन । तर, सो व्यक्तिसँग जोडीका सम्पुर्ण व्यक्तिगत जानकारी थियो । उनले डेटिङ एपमा प्रतिक्रिया दिन बन्द गरे । तर ति व्यक्ति उनको फेसबुक प्रोफाइल सम्म आइपुगिसकेका थिए ।

सोशल मिडिया

सन् २०२० मे महिनामा बेलायत लकडाउन थियो । जोडीलाई उनका साथीहरूले धेरै ट्विटर एकाउन्टहरु धमाधम फोटो पोस्ट भइरहेको सुनाए । यी तस्बिरमा लेखिएका क्याप्सनले उनी यौनकर्मी भएको अर्थ दिन्थ्यो ।

बिकिनी जुडीको तस्बिरमा क्याप्शन लेखिएको थियो– ‘यी किशोरीसँग तपाई के गर्न चाहानुहुन्छ?’ यो तस्विर जुडीको व्यक्तिगत सामाजिक सञ्जालबाट लिइएको हो ।

यी तस्बिर पोस्ट गरिएका ट्विटर ह्यान्डलहरूमा ‘स्लट एक्सपोजर’ र ‘चीफ पर्व’ जस्ता नाम थिए। उनले यी सबै तस्विर आफ्ना साथीभाइ र परिवारसँग सामाजिक सञ्जालमा सेयर गरेका थिए । उनीहरु बाहेक अरु कसैले देख्न सम्भव थिएन ।

संघर्ष

त्यसपछि जोडीलाई थाहा भयो कि यी अकाउन्टमा आफूलाई चिनेका अन्य महिला साथिरुको तस्बिरहरू पनि थियो । उनीहरुलाई विश्वविद्यालयबाट चिनेकी थिइन । उनको गृहनगर क्याम्ब्रिजसँग सम्बन्धित तस्बिरहरू पनि उक्त अकाउन्टमा पोस्ट गरिएको थियो ।

जुडीलाई यी तस्विरहरू पोस्ट गर्ने जो–कोहीले आफूलाई हानी गर्न चाहेको महशुस गरिन । जुडीले तस्बिरमा देखिएका अन्य महिलाहरुसँग सम्पर्क गर्न थालिन । उनले आफ्ना एक नजिकका साथीसँग पनि कुरा गरिन । यस रिपोर्टमा उनको साथीको नाम डेजी राखेका छौँ ।

डेजी भन्छिन, ‘यो देखेपछि म धेरै दुखी भएँ।’ दुबैले अनुसन्धान गर्दै जाँदा फोटो पोष्ट गर्ने धेरै ट्विटर खाताहरू भएको थाहा पाए । ‘हामीले जति अनुसन्धान गर्दै गयौँ त्यति अवस्था त्यति खराब हुँदै गयो।’–उनी थप्छिन । उनले ट्वीटर प्रयोगकर्तालाई म्यासेज गरेर आफ्नो तस्बिर कहाँबाट पाएको भनीसोध्दा एक अज्ञात व्यक्तिले ति तस्बिरहरु पठाइएको र सेयर गर्न अनुरोध गरेको बताए ।


‘पूर्व प्रेमी वा बदला लिने नियतले फोटो सेयर गरेको हुनसक्ने एक प्रयोगकर्ताले जवाफ दिए। जुडीका तस्बिर पूर्व प्रेमीले सेयर गरेको ठानेर ब्लक गरिन ।केही महिना तस्बिर सार्वजनिक हुन रोकियो ।

अज्ञात इमेल अकाउन्ट

एकदिन जुडीलाई अज्ञात इमेलबाट मेल आयो ।

इमेलमा लेखिएको थियो,–‘अज्ञात भएकोमा माफि चाहान्छु’ तर मैले यो केटाको भद्धा सबरेडडिटमा तपाईंको तस्बिर पोस्ट भएको देखेँ । जुन भयानक छ ।’ जुडीले लिङ्कमा क्लिक गरिन । एक अनलाइन फारम खुल्यो । त्यहाँ एक प्रयोगकर्ताले जोडी र उनका दुई साथीको तस्बिर पोस्ट गरेका थिए । तीन जनाको तस्बिरको माथि एक देखि तीन अंकको चिन्ह लगाइएको थियो ।

अनलाइन आउने मानिसहरुलाई खेलमा भाग लिन आमन्त्रित गरिएको थियो । ‘यी महिलामध्ये कोसँग यौनसम्बन्ध राख्न, कोसँग विवाह गर्न र कसलाई मार्न चाहानुहुन्छ।’ भनेर प्रश्न गरिएको थियो ।

यो पोस्टमा ५५ जनाले टिप्पणी दिएका थिए । वेबसाइटमा प्रयोग गरिएका फोटोहरू भर्खरैका थिए । डेजीले आफ्नो पूर्व प्रेमीलाई ब्लक गरेपछि उक्त फोटो पोस्ट गरिएको थियो । डेजी र जुडीले गलत व्यक्तिलाई आरोप लगाएको महशुस गरे ।

छ हप्ता पछि, त्यही इमेलबाट फेरि सन्देश प्राप्त भयो। यस पटक यो सन्देश डिपफेक तस्वीर र भिडियोहरूको बारेमा थियो।
विश्वासघात
डेजी र जुडीले सामाजिक सञ्जालमा उनीहरू दुवैलाई फलो गर्ने र उनीहरूका सबै तस्बिरहरू सामाजिक सञ्जालमा हेर्न सक्ने सबै पुरुषहरूको सूची बनाका थिए । तर, सूची बनाउँदा, आफूले पूर्ण भरोसा गर्ने पुरुषहरूलाई समावेश गरेनन् । यसमा परिवारका सदस्यहरू र जुडीको सबैभन्दा मिल्ने साथी एलेक्स वुल्फ समावेश थिए ।

एलेक्स वुल्फ जुडीका सबैभन्दा मिल्ने साथीहरू मध्ये एक थिए

जुडीले सहमति बिना फोटो डेटिङ एपमा प्रयोग भइरहेको बेला आफूलाई सान्त्वना दिन वुल्फसँग कुरा गरेकी थिइन । वुल्फले आफ्नो कुरा सुनिदिएको र समर्थन गरेको उनलाई भान भएको थियो ।

वुल्फले क्याम्ब्रिज विश्वविद्यालयबाट संगीतमा डबल फस्र्ट र २०१२ मा बीबीसी योग कम्पोजर अवार्ड जितेका थिए । यसबाहेक उनले २०२१ मा मास्टरमाइन्ड कार्यक्रममा पनि भाग लिएका थिए ।

जुडी भन्छिन, ‘वुल्फ महिलाहरूले सामना गर्ने समस्याप्रति सचेत थिए । विशेष गरी इन्टरनेट । उनी महिला अधिकारको समर्थक जस्तो लाग्थ्यो ।

यद्यपि, जब उनीहरूले आफ्नो डिपफेक फोटोहरू हेरे, प्रोफाइलमा उनको एक तस्बिर थियो जहाँ क्याम्ब्रिजको किंग्स कलेजको तस्बिर थियो ।

त्यो फोटोमा वुल्फ पनि भएको जुडीलाई याद आयो । यति मात्र होइन, वुल्फ एक मात्र व्यक्ति थिए जोसँग जुडीले त्यो तस्विर सेयर गरेको थियो ।

अन्ततः त्यो व्यक्ति वुल्फ थियो जसले व्यक्तिलाई नक्कली फोटोको सट्टामा वास्तविक फोटोहरू सेयर गर्ने सम्झौता गरेका थिए । अगस्ट २०२१ मा, २६ वर्षीय वुल्फलाई जुडी सहित १५ महिलाको तस्बिर सामाजिक सञ्जालबाट खिचेर पोर्न वेबसाइटमा पोस्ट गरेकोमा दोषी ठहर गर्यो ।

उनलाई बीस हप्ताको जेल सजाय सुनाइयो । यो सजाय दुई वर्षको लागि स्थगित गरिएको थियो । यसका साथै प्रत्येक पीडित महिलालाई १०० पाउण्ड क्षतिपूर्ति दिन पनि भनिएको छ ।

वुल्फले आफ्नो व्यवहारप्रति लज्जित महशुस गरेको बीबीसीलाई बताएका थिए । उनले आफ्नो कार्यको लागि माफी मागेका थिए।

यद्यपि, वुल्फले आफूमाथि लागेको आरोपअघि जोडीको दुव्र्यवहारसँग आफ्नो कुनै सरोकार नभएको बताएका छन् । सबैभन्दा मिल्ने साथीले यस्तो हर्कत गरेको थाहा पाउनु जुडीको लागि अत्यन्तै दुःखदायी एवं लज्जास्पद थियो ।

रेडिटका एक प्रवक्ताले बिना सहमति अंतरंग मीडिया कन्टेन्ट (एनसीआईएम) का लागि रेडिटमा कुनै ठाउँ नभएको बताएका छन् । पुर्ण प्रतिबन्ध लगाइएको छ । जुन पोर्न वेबसाइटमा यी तस्विरहरु पोस्ट गरिएको थियो, त्यो पनि हटाइएको छ ।
अनलाइन सुरक्षा विधेयक २०२३ अनुसार डीपफेक तस्बिर सेयर गर्नु फौजदारी अपराध हुनेछ ।

एलेक्स र जोडीको तस्बिर (धमिलो), यो फोटो क्रप गरी पोर्न वेबसाइटमा अपलोड गरिएको थियो

अहिले अनलाइनमा हजारौं डीपफेक भिडियोहरू छन्। अनुसन्धानका अनुसार यी मध्ये ९८ प्रतिशत भिडियो पोर्नोग्राफिक हुन्छन् ।

नयाँ कानूनले एलेक्स वुल्फले जस्तै अरूलाई डीपफेकहरू सिर्जना गर्न आग्रह गर्ने मानिसहरूलाई अपराधीकरण नगरेकोमा जोडी क्रोधित छन । यति मात्र होइन, डिपफेक बनाउन पनि गैरकानूनी घोषित गरिएको छैन।

‘हजारौं महिलाहरू यसबाट प्रभावित भएका छन र मानिसहरूलाई यसो गर्नबाट रोक्न हामीलाई सही कानुन चाहिन्छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्