Logo
|
Saturday 11th January 2025
Logo

epaper

स्वास्थ्यमन्त्री यादवद्धारा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल अनुगमनः जनशक्ति, उपकरण र पूर्वाधार अभाव तत्काल समाधान गर्न निर्देशन



नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले आज परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको अनुगमन गर्नुभएको छ ।

मन्त्री यादवले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूसँग कुराकानी गर्दै अस्पतालका समस्याका बारेमा जानकारी लिनुभएको हो । उहाँले त्यहाँ उपचाररत बिरामीलगायतका कुरुवाहरूसँग छलफलसमेत गर्नुभएको थियो ।

मन्त्री यादवले अस्पतालले भोगिरहेको जनशक्ति, उपकरण र पूर्वाधार अभावलाई तत्कालै समाधान गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवलगायतका कर्मचारीहरूलाई निर्देशन दिनुभयो।

त्यस्तै प्रसूति अस्पतालमा उपचार सम्भव नभएका बिरामीहरूलाई सेवा उपलब्ध गराउन अन्य अस्पतालहरूसँग गर्न सकिने समन्वयको विषयमा पनि अध्ययन गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्