Logo
|
Saturday 12th October 2024
Logo

epaper

वडादशैंको शुभकामनासहित रञ्जितको आग्रहः ‘औषधि पसलबाट बिरामीले चाहेको आहारपुरक र कस्मास्युटिकल उपभोग गर्न पाउनुपर्ने अधिकार सुनिश्चित गरियोस्’



नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल आहारपुरक सौन्दर्यवद्र्धक संघ (एनएनसिए) का अध्यक्ष विप्लव रञ्जितले औषधि पसलहरुबाट बिरामीहरुले चाहेको आहारपुरक र कस्मास्युटिकल उपभोग गर्न पाउनुपर्ने अधिकार सुनिश्चित गर्न आग्रह गर्नुभएको छ ।

सम्पूर्ण न्युट्रास्युटिकल्स कस्मास्युटिकल्स व्यवसाय गर्ने व्यवसायी एवं देशैभर र देशबाहिर रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई नेपालीहरुको महान चाड वडादशैंको शुभकामना दिँदै उहाँले सो आग्रह गर्नुभएको हो ।

विप्लव रञ्जितअध्यक्ष,नेपाल आहारपुरक सौन्दर्यवद्र्धक संघ (एनएनसिए)


उहाँले भन्नुभएको छ—न्युट्रास्युटिकल्स, कस्मास्युटिकल्स बिक्रीवितरण गरिरहेका रिटेलरहरुहरुले थोरै समय मिलाएर बाणिज्य विभाग वा स्थानीय सरकारमा आफ्नो उद्देश्य खुलाएर छुट्टै र्याक राखेर औषधि पसलहरुमा बिक्रीवितरण गरिदिएमा बिरामीले छानेर खोजेर र आफूलाई मनपर्ने सामान रोजेर लानसक्ने वातावरण बनाइदिन अनुरोध गर्दछु ।’


नेपाल आहारपुरक सौन्दर्यवद्धक संघ (एनएनसिए) मुलुकभर रहेका ६ सय भन्दा बढी न्युट्रास्युटिकल र कस्मास्युटिकल सामाग्रीहरुको आयात र बजारीकरण गर्ने व्यवसायीहरुको एक साझा संस्था हो ।

प्रतिक्रिया दिनुहोस्