उप-प्रधान तथा अर्थमन्त्री पौडेललाई संक्रमणको जोखिम, भेटघाट पूर्णत बन्द
अनुहारमा जलन भएका कारण श्वासनली र फोक्सोमा पर्ने असर हेर्न अझै पर्खिनुपर्ने
नेपाल हेल्थ न्युज, काठमाडौं । उडाउन लागेको बेलुन फुटेर माघ ५ गते पोखरामा घाइते भएका उप-प्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरपालिकाका प्रमुख धनराज आचार्यलाई भेटघाट बन्द गरिएको छ ।

अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई भेट्न जानेहरुको भीड बढे पछि संक्रमण हुन सक्ने सम्भावित जोखिमलाई ख्याल गर्दै भेटघाट बन्द गरिएको हो ।
कीर्तिपुर बर्न अस्पतालको सघन उपचार कक्ष (आईसीयु) मा उपचाररत दुवैजनाको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको जानकारी दिंदै अस्पतालका निर्देशक डा.किरण किशोर नकर्मी नेपाल हेल्थ न्युजसँग भन्नुभयो,‘ संक्रमण न्युनिकरणकोलागि आज (आइतबार) विहानदेखि भेटघाट पुर्णत बन्द गरिएको छ ।’
अर्थमन्त्री पौडेल र मेयर आचार्यको आइतबार घाउ जाँच गर्दा सेकेन्ड डिग्री सुपर फिसियल गहिराई पाइएको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक किरण किशोर नकर्मी र मेडिकल डाईरेक्टर निजीना ताम्राकारले संयुक्तरुपमा प्रेस विज्ञप्ति जारी गर्दै घाउको अवस्था यथावत् रहेमा शल्यक्रिया गर्नु पर्ने नभएको जनाउनु भएको छ । अनुहारमा जलन भएका कारण श्वासनली र फोक्सोमा पर्ने असर हेर्नअझै पर्खिनुपर्ने प्रेस विज्ञप्तिमा उल्लेख छ ।
अर्थ मन्त्री पौडेलकोे घाँटी र दुबै हातको हत्केलाको माथिल्लो भागमा जलन भएको छ । कम्तीमा पनि ४८ घण्टा सघन उपचार कक्ष (आईसीयु) मा राखेर उपचार गरिने अस्पतालले जनाएको छ । उपचार टोलीका सदस्य डा। विशाल कार्कीले अर्थमन्त्री पौडेल र मेयर आचार्यले धुँवा निल्नु भएको र जलनको (घाउको) सम्भावित जटिलतालाई ध्यान दिई दुई दिन सम्म आईसीयुमै राखेर उपचार गरिने जानकारी दिनुभयो ।
दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा निस्केको आगोको भिल्कोले टिपेपछि शनिवार ठूलो आवाजसहित बेलुन पड्किएको थियो । बेलुन पड्किए पछि घाइते हुनु भएका अर्थमन्त्री पौडेल र मेयर आचार्यले निलेका कारण फोक्सोमा असर पर्न सक्ने भएकोले उच्च निगरानीमा उपचार गर्नु परेको चिकित्सकहरुको भनाई छ । बताएका छन् । अहिले दुवै जनाको स्वास्थ्य अवस्था अहिले सामान्य छ ।
अस्पतालका निर्देशक डा। किरण किशोर नकर्मिका अनुसार,प्रारम्भीक मुल्यांकन गर्दा मन्त्री पौडेलको अनुहारको भागमा ५÷६ प्रतिशत जलन छ । डा। नकर्मिले भन्नुभयो‘अनुहारमा जलन भएकोले श्वासनलि र फोक्सोमा असर पर्न सक्ने सम्भावना रहेकोले उच्च निगरानीमा उपचार गर्नु पर्ने आवश्यकता देखिन्छ ।’
उपचार टोलीका सदस्य डा। कार्कीका अनुसार, मेयर आचार्यको गालाको बायाँ पट्टीको कान नजिकैको भाग र हातमा जलन भएको छ । मन्त्री पौडेलको ५ देखि ६ प्रतिशत र मेयर आचार्यको ३ देखि ४ प्रतिशत जलन भएको छ । अहिले डे«सिङ र औषधि दिएर उपचार गरिएको छ ।
पोखरा भ्रमण वर्ष,२०२५को अवसरमा शनिवार आयोजित उद्घाटन कार्यक्रममा रिमोर्टबाट दीप प्रज्ववलन गरिएको थियो । त्यसपछि बेलुन उडाउन लाग्दा आगोको झिल्कोले छोएको थियो । हातमा लिएर उडाउने क्रममा बेलुन पड्किंदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते हुनु भएको हो ।
घटना लगत्तै सिम्रिक एयरबाट काठमाडौं ल्याई कीर्तिपुर अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो । काठमाडौं ल्याइनुअघि गण्डकी अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो ।
उपचारमा सघन उपचार कक्षका प्राडा बिडी झा,डा।प्रविण गिरीलगायतका चिकित्सक संलग्न हुनुहुन्छ । त्यस्तै प्रा.डा. शंकरमान राई,डा। विशाल कार्की, डा। मनिष यादव लगायतको जलन विशेषज्ञको टोली संलग्न रहेको अस्पतालले जनाएको छ । आकस्मिक उपचारमा डा.प्रयुस अर्याल र नर्सिङ तर्फ रिना गौचन, निर्मला कुँवर, तृष्णा महर्जन लगायतको टोली संलग्न रहेको छ ।