Logo
|
Saturday 22nd March 2025
Logo

epaper

नेपाल रेडियोलोजिकल सोसाइटीद्धारा स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई ज्ञापन पत्र

छुट्टै नियमनकारी निकाय र संरचनाको स्थापना गर्नुपर्ने माग



नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल रेडियोलोजिकल सोसाइटीले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई ज्ञापन पत्र बुझाएको छ।

नेपालमा रेडियोग्राफी सेवाका लागि छुट्टै नियमनकारी निकाय र संरचनाको स्थापना गर्नुपर्ने माग राख्दै सोसाइटीका अध्यक्ष मुकेश कुमार झाको नेतृत्वको टोलीले मन्त्री पौडेललाई सो ज्ञापन पत्र बुझाएको हो ।


ज्ञापन पत्रमा छुट्टै निकाय स्थापनासहित स्वास्थ्य मन्त्रालयले संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षणमा रेडियोग्राफी सेवाको दरबन्दी सुनिश्चित गर्नुपर्ने, रेडियोग्राफरहरुको पेशागत सुरक्षाका लागि विकिरण तथा सुरक्षा जोखिम भत्ता सबैलाई उपलब्ध गराउनुपर्ने माग राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्