नेपाल मेडिकल काउन्सिलको रिक्त पाँच सदस्य नियुक्त
नेपाल हेल्थ न्युज, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको रिक्त पाँच सदस्य नियुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले फागुन ६ गते मन्त्रीस्तरीय निर्णय गर्दै काठमाडौँ मेडिकल कलेज स्कुल अफ मेडिसिनका डीन प्रा.डा. मनोज हुमागाई, बीपी नेत्र विज्ञान संस्थानका प्रा.डा. आनन्द शर्मा, आईओएमकी प्रा.डा पलेश्वाँ जोशी, डेन्टल डा. सन्तोषमान राजभण्डारी र उपभोक्ताको तर्फबाट रामेश्वर अधिकारीलाई नियुक्त गर्नुभएको हो ।
