Logo
|
Sunday 6th October 2024
Logo

epaper

९७ वर्षपछि फर्कियो: स्वाइनफ्लु महामारीको संकेत



जनस्वास्थ्य सरोकार । स्वाइन फ्लुको बारेमा चर्चा गर्नुअघि हामी तपाईहरुलाई आजभन्दा करीव ९७ वर्षअघिको घटना स्मरण गराउन Swain flueचाहन्छौ । सन् १९१८ को वसन्त ऋतुमा स्पेनी सञ्चार माध्यमहरु अज्ञात रोग आएको खबर छाप्दै थिए । म्याड्रिडका बासिन्दाहरु ज्वरो, खोकी र श्वासप्रश्वासको समस्याबाट बढी पीडित हुन थालेपछि भनियो—‘महामारी मध्यम प्रकृतिको छ ।’
ग्रीष्म ऋतुको अन्ततिर म्याड्रिडमा अज्ञात रोगले मान्छे मर्न थाले र शरद ऋतु आउञ्जेलसम्म अज्ञात रोगले स्पेनिस इन्फ्लुएन्जा नाम पायो । अमेरिकामा यसलाई स्पेनिस लेडी भनिएको थियो । स्पेनिस इन्फ्लुएन्जाले विश्वमा करिब १० करोड ब्यक्तिको ज्यान लिएको थियो । चिन्ताजनक कुरा के छ भने आजभोलि सन्त्रास फैलाइरहेको स्वाइन फ्लुको भाइरस पनि सन् १९१८ को झैं एच वान एन वान प्रकृतिकै छ । यसको नाम पनि परिवर्तन गर्ने क्रम चलिरहेकै छ । स्वाइन फ्लुबाट चर्चित भएपनि कसैले यसलाई म्याक्सिकन फ्लु, कसैले साउथ अमेरिकन फ्लु भनेका छन् । विश्व स्वास्थ्य संगठनले इन्फ्लुएञ्जा ए एच वान एन वान भनेको छ । यो करीव ९७ वर्षपछि फेरि उस्तै रुपमा देखियो ।
मेक्सिकोबाट शुरु भएको स्वाइन फ्लु हाल विश्वका करिब ४० देशमा फैलिसकेको छ । यसबाट मृत्यू दर धेरै नदेखिए पनि यस भाइरसको नयाँ नस्ल आयो भने स्थिति भयावह हुने अनुमान गरिँदैछ । विश्व स्वास्थ्य संगठनले स्वाइन फ्लुको दोस्रो चरण चाँडै शुरु हुनसक्ने चेतावनीसमेत दिइसकेको छ । स्वाइन फ्लुको तुलनामा वर्ड फ्लुले ज्यान लिने संभावना बढी हुन्छ । तर स्वाइन फ्लुको भाइरस मान्छेबाट मान्छेमा सोझै सर्छ भने वर्ड फ्लुको भाइरस पन्छीबाट मान्छेमा सर्ने गर्छ । त्यसैले मान्छेबाट मान्छेमा सर्ने भएकै कारण स्वाइन फ्लुसँग विश्व त्रसित भएको हो ।
हवाइ यातायातले अन्तर महादेशीय वा अन्तरदेशीय आवागमन केही घण्टाको मात्र हुन गएका कारण छोटो समयमै स्वाइन फ्लु विश्वको धेरै स्थानमा पुगेको छ । दक्षिणगोलाद्र्धमा शीतकाल भएका कारण स्वाइन फ्लुको प्रभाव त्यहाँ बढी देखिएको छ ।
स्वाइन फ्लु एक प्रकारको इन्फ्लुएन्जा अर्थात रुघाखोकी हो । रुघाखोकीको भाइरस फरक फरक हुने भएकाले भाइरसको प्रकृति अनुरुप रोगको जटिलता हुन्छ । स्वाइनफ्लुको भाइरस सुँगुर र मान्छेमा हुने एक प्रकारको भाइरसको संयोजनबाट बनेको छ । स्वाइन अर्थात सुँगुरलाई हुने रुघा लगाउने भाइरस र मान्छेमा रुघा लगाउने भाइरसका जेनेटिक गुणहरुको संयोजन भएर नयाँ नस्लको भाइरस मेक्सिकोमा उत्पन्न भयो जसलाई स्वाइनफ्लु भाइरस ए एच वान एन वान भनिएको छ ।
सुँगुलाई एक पटकमा इन्फ्लुएन्जाका धेरै भाइरसले आक्रमण गर्नसक्ने संभावना रहेकाले भविष्यमा खतरनाक भाइरस फेरि उत्पन्न हुनसक्ने चेतावनी पनि वैज्ञानिकहरुले दिएका छन् । अर्को कुरा कुनै दिन वर्ड फ्लुको भाइरस, स्वाइन फ्लुको भाइरस र मान्छेमा हुने इन्फ्लुएन्जा भाइरसको संयोजन भएर नयाँ नस्लको भाइरस बन्यो भने मानव जातिले अकल्पनीय संकट व्यहोर्नुपर्ने हुनसक्छ ।
सामान्य रुघाखोकीबाट एक हजारमध्ये एक जनाको ज्यान जाने गर्छ । जबकी स्पेनिस फ्लुबाट एक हजारमध्ये १ सय जनाको मृत्यू भएको थियो । त्यस बेला चलेको प्रथम विश्वयुद्ध भन्दा पनि इन्फ्लुएन्जा बढी मारक भएको थियो र इन्फ्लुएन्जाबाट युद्धको दाँजोमा धेरै मानिस मारिए । अहिलेको स्वाइन फ्लुको भाइरस ए एच वान एन वानको मारक क्षमता धेरै छैन तर ऐतिहासिक घटनाक्रमले वैज्ञानिकलाई सचेत पारेको छ । कुनै दिन अनियन्त्रित र मारक क्षमता धेरै भएको भाइरस आउनसक्ने संभावनालाई वैज्ञानिकले नकारेका छैनन् ।
सन् १९१८ को स्पेनिस फ्लुपछि पनि सन् १९५७ र १९६८ मा विश्वले इन्फ्लुएन्जा महामारी भोगिसकेको छ । तर हरेक पटक इन्फ्लुएन्जाको मारक क्षमता घटेको छ । औषधि विज्ञानमा भएको विकासले पनि यसो भएको हो ।
मौसमी इन्फ्लुएन्जाभन्दा स्वाइ फ्लुको लक्षण अलि फरक छ । तर सबैजसो रोगीमा विशिष्ट लक्षण पाइएको छ । खोकी लाग्ने र ज्वरो आउने तथा शरीर चिलाउने लक्षण स्वाइन फ्लुले देखाउँछ । कसैकसैलाई झाडापखाला पनि हुनसक्छ ।
अमेरिकन र क्यानडेली वैज्ञानिकहरुले स्वाइन फ्लुको खोप बनाउन सकिने घोषण गरेकाले यस भाइरसलाई नियन्त्रित गर्नसक्ने देखिन्छ । क्यानडाका बैज्ञानिकहरुले त ए एच वान एन वानको जेनेटिक भेद खोलिसके । तर खोप नबनुन्जेल आफ्नो सुरक्षाका लागि भिडभाडमा नजाने वा नबस्ने, मुखमा मास्क लगाउने, साबुन पानीले राम्रोसँग हात धुने र स्वाइन फ्लुको लक्षण मिल्नेजुल्ने अवस्था देखियो भने तुरुन्त डाक्टरको सम्पर्कमा जानु नै बुद्धिमानी हुनेछ ।

छिमेकी देशमा ८ सय भन्दा बढीको ज्यान गयो
छिमेकी मुलुक भारतमा स्वाइनफ्लु एच वान एन वान इन्फ्लुएन्जाले धेरै हलचल मच्चाएको छ । सन् २०१५ मा मात्र छिमेकी मुलुक भारतमा यस रोगबाट ८ सयभन्दा बढिले ज्यान गुमाइसकेका छन भने १४ हजारभन्दा बढि संक्रमित बनेका छन् ।

नेपालमा बढ्दो
नेपालमा पनि हालसम्म स्वाइनफ्लुबाट २—३ जना महिलाको मृत्यू भइसकेको समाचारहरु आएका छन् भने र १ सय ३५ यस रोगबाट संक्रमित भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । खुला सिमानाका कारण भारतबाट यस रोगबाट ग्रसितहरु नेपाल सजिलै प्रवेश गर्न सक्ने भन्दै नाकाहरुमा सरकारले हेल्थ डेक्सको व्यवस्था गरेको छ ।

कसलाई बढी खतरा
दम र श्वास रोगको समस्या भएकाहरुलाई स्वाइन फ्लुको बढी संक्रमण हुने खतरा हुन्छ । त्यस्त,फोक्सो मुटु कलेजो रगत स्नायु प्रणाली र पाचन प्रक्रियासम्बन्धी समस्या भएका व्यक्तिहरुमा पनि यो रोगले चाँडै आक्रमण गर्नसक्छ ।
एचआइभी संक्रमित र प्रतिरोधात्मक शक्ति कम भएकाहरुमा पनि यसको उच्च जोखिम रहन्छ । ५ बर्षभन्दा मुनिका बालबालिका एवं गर्भवती महिला तथा ६५ बर्ष उमेर भन्दा माथिका मानिसहरुमा पनि यसको संक्रमण धेरै हुनसक्ने सम्भावना हुन्छ । श्वासपश्वासको माध्यमले एकबाट अर्कोमा सर्ने स्वाइन प्mलुको संक्रमण भए रुघाखोकी जस्तै नाकबाट पानी बग्ने, हाँछ्यू आउने, खोकी लाग्ने, तिब्र ज्वरो आउने जस्ता लक्षण देखिनसक्छन् । पखाला र वाकवाकी लाग्ने, घाँटीमा खसखस हुने र सास फेर्न अप्ठेरो हुने जस्ता समस्या पनि देखिन सक्छन् ।

मन्त्रीदेखि नायिका सम्मलाई स्वाइन फ्लु
भारतीय बलिउडकी चर्चित नायिका सोनम कपुरलाई स्वाइन फ्लु भएको छ । उनलाई स्वाइन फुलु भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । सोनमको मेडिकल परीक्षणका क्रममा स्वास्थ्य रिपोर्ट पोजेटिभ आएपछि उनलाई अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यसैगरी भारतको गुजरात राज्यका स्वास्थ्य मन्त्री शंकर चौधरीलाई स्वाइन फ्लुको संक्रमण भएको पुष्टि भएको छ । भारतीय सञ्चारमाध्यमले मन्त्री चौधरीलाई स्वाइन फ्लुु पोजेटिभ भेटिएको बताएका छन्

कसरी जोगिने
-खोक्दा हाँछ्यू गर्दा टिस्यु पेपरले हातमुख धोेप्ने र प्रयोग गरिसकेपछि त्यसलाइ राम्ररी फयाक्नेswineflumain1_600x450
-प्रयोग लगतै टिस्यु पेपर राम्ररी फ्याँक्ने
-लक्षण देखिएमा तुरुन्तै डाक्टरको सल्लाहमा जाने
-साबुनपानीले राम्रोसँग पटक पटक हात धुने
– अन्य व्यक्तिबाट केही दुरीमा बस्ने
-लक्षण देखिएमा कतै नगई घरमै बस्ने
-अंकमाल चुम्बन नगर्ने
– हात नधोइ आँखा नाक मुख नछुने
– हात नमिलाउने
– सार्वजनिक स्थानमा जाँदा मास्कको प्रयोग गर्ने

उपचार कसरी गरिन्छ ?
सामान्य रुघाखोकीमा प्रयोग हुने केही एन्टीभाइरल औषधिहरु पनि स्वाइन फ्लुको उपचारमा प्रयोग हुन्छ । यसको साथै ओसेल्टामिभिर टामिफलु र जनामिभर रेलेन्जा यस रोगको उपचारमा बढि प्रयोग भएको पाइएको छ । यद्यपी केही प्रकारका स्वाइनफ्लु भने टामिफ्लुबाट ठिक नहुन पनि सक्छन् । यि औषधिले स्वाइन प्लुको संक्रमणबाट चाँडै ठिक हुन मद्धत गर्दछन् र रोगलाई गम्भिर बनाउनबाट रोक्न मद्धत गर्छन् । यी औषधिहरु चिकित्सकको सल्लाहमा लक्षण देखिएको ४८ घण्टाभित्र लिएमा चाँडै असर गर्छ । यसमा एन्टिबायोटिकले काम गर्दैन किनभने यो रोग ब्याक्टेरियाले नभएर भाइरसका कारण लाग्छ ।

माक्स कति उपयोगी ?
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा.शेरवहादुर पुनका अनुसार, स्वाइन प्mलु लगायत सरुवा रोगबाट बच्न माक्क लगाउनु मात्र पर्याप्त हुँदैन । सुरक्षित मानिएको एन ९५ माक्स मुलुकमा सर्वसुलभ नपाइने उल्लेख गर्दै डा.पुनले भने साधारण मास्कले पूर्ण सुरक्षा प्रदान नगरे पनि यो लगाएर घाटा हुन्न । डा. पुनका अनुसार थ्री लेयर्स जर्सिकलले यस्ता खाले संक्रमणबाट बच्न केही हदसम्म सघाउन सक्छ । तर थ्री लेयर्स जर्सिकल मास्क उपलब्ध छैन भने पनि आत्तिनु पर्दैन । कपडाको मास्क रुमाल वा पेपर मास्क उपयोग गर्नु समेत प्रभावकारी नै हुन्छ । तर मास्क कसरी लगाउने भन्ने जान्नु आवश्यक छ । मास्कको गलत प्रयोगले संक्रमणको खतरा अझ बढ्नसक्छ । कपडाको माक्स प्रयोग गर्दा विशेष सतर्कता अपनाउनुपर्दछ । पेपर मास्कको प्रयोग एक पटकभन्दा बढि प्रयोग गर्नु हुँदैन । प्रत्येक प्रयोगपछि कपडा मास्कलाई साबुनपानीले धुनुपर्दछ । रोगीलाई स्याहार गरेपछि यो मास्क उतार्नुस र हात साबुन पानीले धुनुपर्दछ । मास्कलाई मुख र नाक राम्ररी छोप्ने गरी लगाउनुपर्दछ ।

स्वाइनफ्लुसँग कसरी सुरक्षित रहने ?

इन्फ्लुएन्जा भाइरसँग जुझ्न शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउनुपर्छ । पाका मानिसको प्रतिरक्षा प्रणाली कमजोर हुने भएकाले उनीहरुलाई रुघाखोकी लाग्ने संभावना बढी हुन्छ । त्यसैले स्वाइन फ्लुको जमानामा आफ्नो प्रतिरक्षा प्रणालीलाई बलियो बनाएर आफूलाई सुरक्षित पार्न यहाँ केही उपाय प्रस्तुत गरिएको छ ।

प्रयाप्त सुत्ने: हामी राम्रोसँग निदायौं भने हाम्रो शरीर पनि ताजा हुन्छ । त्यसैले प्रत्येक राति औसत ८ घण्टा सुत्ने गरेमा शरीर स्फूर्तिवान बन्छ ।

चिनी कम खाने: चिनी खाएमा केही समयलाई प्रतिरक्षा प्रणाली खलबलिन्छ । चिनीका कारण रगतमा सेतो रक्तकोष (जसले प्रतिरक्षा प्रणाली बलियो बनाउँछ) कमजोर हुन्छ ।

भिटा सी को सेवन:आफैं भिटामिन सी उत्पादन गर्न नसक्ने चार वटा स्तनधारीमध्ये मान्छे पनि पर्छ । भिटामिन सी ले रुघासँग जुझ्न धेरै सहयोग पु¥याउँछ । पच्नेगरी भिटामिन सी खाने गरौं । धेरै खाएमा यसले झाडा गराउनसक्छ ।

भिटामिन ‘ए’ को सेवन:रुघाखोकी लाग्न थालेको थाहा पाएपछि दुई—तीन दिन भिटामिन ए को उच्च मात्रा खाने गरौं । यो विटा क्यारोटिन हुनहुँदैन । वास्तवमा भिटामिन ए हुनुपर्छ ।

जिंक खाने: प्रतिरक्षा प्रणालीमा पनि जिंक महत्वपूर्ण छ । शुरुमा केही दिन ५० एमजी जिंक चक्की खाएपछि त्यसलाई घटाएर १५—३० एमजी पार्ने । लामो समयका लागि जिंक खाँदै हुनुहुन्छ भने जिंकलाई सन्तुलित गर्न १—२ एमजी कपर चक्की खानुपर्छ ।

भिटामिन डी: भिटामिन डी ले प्रतिरक्षा प्रणाली बलियो पार्ने तथ्य हालै मात्र पत्ता लागेको हो । भिटामिन डी चक्की खानु पहिले रगतमा त्यसको मात्रा जाँच गराएर उचित मात्रामा चक्की खानु राम्रो हुन्छ ।

प्रोबायोटिक्स:हाम्रो आन्द्रामा कयौं प्रकारका हितकारी ब्याक्टेरिया रहेका हुन्छन् । प्रतिरक्षा प्रणालीमा यिनीहरुको भूमिका महत्वपूर्ण रहन्छ । आन्द्रामा लिम्फेटिक तन्तु हुन्छ जसलाई हितकारी ब्याक्टेरियाले सहयोग पु¥याउँछन् । यी ब्याक्टेरियालाई सामान्य भाषामा प्रोबायोटिक्स भनिन्छ । आजभोलि प्रोबायोटिक्स भएको दही पनि पाइन्छ ।

हात राम्रोसँग धुने:कुनै पनि सतहमा भाइरसहरु बाँच्न सक्छन् । नाक, मुख, कान,आँखा जस्ता संवेदनशील अंगहरुमा हात लागिरहने भएकाले साबुन पानीले हात धुनै पर्छ । यस अतिरिक्त रुघाखोकीमा होमियोप्याथिक औषधि ओसिलोकोकिनम प्रभावकारी मानिन्छ ।

ड्ड क्याथी लिपम्यान (एम.डी.)
बेभर्ले हिल्स, अमेरिका

स्वाइनफ्लुसँग जोडिएका १० तथ्य

स्वाइनफ्लु सबैभन्दा पहिले मेक्सिकोमा देखिएको थियो । अहिले बिस्तारै बिस्तारै संसारभर फैलिँदै गएको छ । यो एक प्रकारको भाइरस हो । के तपाईंलाई यो रोगबारे थाहा छ ? जतिबेला पनि यसले तपाईंलाई आक्रमण गर्न सक्छ । यससँग जोडिएका तथ्यबारे जनस्वास्थ्य सरोकारको यस अंकमा प्रस्तुत गरिएको छ ।

१. स्वाइनफ्लु के हो ?
स्वाइनफ्लु अर्थात एच वान एन वान एक प्रकारको संक्रमण हो जुन इन्फ्लुएन्जा ए भाइरसका कारण हुने गर्छ । यस प्रकारका भाइरस धेरैजसो सुँगुरमा पाइन्छ । त्यसैले यसलाई स्वाइनफ्लु भनिएको हो । स्वाइनफ्लुको संक्रमण एक अर्कामा चाँडै फैलिन्छ । यो रोगमा एन्टिबायोटिक औषधि खाएर निको हुँदैन । त्यसैले संक्रमित मानिसको सम्पर्कबाट बच्नु नै सबैभन्दा उपयुक्त उपाय हो ।

२. स्वाइनफ्लुको लक्षणcorona_Kalender1_neu2.jpg
-रुघाखोकी लाग्ने
-नाक बन्द हुने
– पातलो सिगान बग्ने
-हाछ्यूँ आउने
– थकाई महसुस हुने
-खान मन नलाग्ने
-कडा ज्वरो आउने
– झाडपखाला लाग्ने ।
स्वाइनफ्लु र सामान्य रुघाखोकीको लक्षण उस्तै उस्तै हुने हुँदा यो बीचको अन्तर पत्ता लगाउन अलि मुश्किल हुन्छ । त्यसैले यदि तपाईंहरुलाई दुई दिनभन्दा बढी समय अत्यधिक ज्वरो आएमा र श्वासप्रश्वासमा धेरै समस्या भएमा तुरुन्त चिकित्सकको सल्लाह लिनुहोला ।

३. कहिलेसम्म रहन्छ भाइरस ?
ज्ज्ञल्ज्ञ भाइरस स्टिल र प्लाष्टिकमा २४ देखि ४८ घण्टा, कपडा र कागजमा ८ देखि १२ घण्टा, टिस्यू पेपरमा १५ मिनेट र हातमा ३० मिनेटसम्म सक्रिय रहन्छ । त्यसैले राम्रोसँग साबुनपानीले हात धुनुपर्छ । स्वाइनफ्लुको लक्षण देखिनभन्दा २४ घण्टा पहिला र रोग संक्रमण भएको ८ दिनसम्म अरु व्यक्तिमा भाइरस सर्ने खतरा रहन्छ ।

४. प्रतिरक्षा प्रणाली कमजोर
सामान्य व्यक्तिको तुलनामा धेरैजसो साना बच्चा, गर्भवती महिला, मधुमेहका बिरामी, मुटुरोगी चाँडै स्वाइनफ्लुको शिकार हुने गरेका छन् किनभने यस्ता व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता सामान्य मानिसको तुलनामा निकै कमजोर हुन्छ । यद्यपी यो घातक रोग हो । अतः यसको चाँडै उपचार नगरेमा बिरामीको मृत्यू हुने धेरै संभावना रहन्छ ।

५. मास्क लगाउने
बिरामीको नजिक जाँदा मास्कको प्रयोग गर्नुपर्छ । राम्रोसँग हात धुनुपर्छ । कुनै पनि संक्रमित वस्तुलाई छुन हुँदैन । संक्रमित व्यक्तिबाट टाढा बस्नुपर्छ । स्वाइनफ्लु एक संक्रामक रोग भएकाले मास्क लगाउँदा तपाईं धेरै हदसम्म सुरक्षित रहन सक्नुहुन्छ । यसका साथै आफ्नो स्वास्थ्यको ख्याल राख्नुपर्छ । झोलिलो खानेकुरा पर्याप्त खानुपर्छ । पर्याप्त सुत्ने र तनाव लिनुहुँदैन । यसका साथै सकेसम्म मानिसको धेरै भिडभाड भएको ठाउँमा नजानु नै वेश हुन्छ ।

६. एन्टिभाइरल औषधि फाइदाजन हुन्छ
संक्रमणको लक्षण देखिएको दुई दिनभित्र एन्टिभाइरल औषधि दिनु जरुरी हुन्छ । यसले बिरामीलाई राहत दिलाउँछ र रोगको बढ्दो तीब्र गतिलाई पनि कम गराउँछ । तत्काल बिरामीलाई अस्पतालमा भर्ना गरेर उपचार शुरु गर्नुपर्छ । यद्यपी एन्टिभाइरल औषधिको सेवन एवं अस्पतालमा भर्ना गर्नाले यस रोगको सफलतापूर्वक उपचार गर्न सकिन्छ ।

७. भ्याक्सिन छैन
कसैलाई स्वाइनफ्लु भएमा औषधिको सेवन नै महत्वपूर्ण मानिन्छ । यसले व्यक्तिलाई सामान्य एवं स्वस्थ बनाउन मद्धत गर्छ । अहिलेसम्म स्वाइनफ्लुको कुनै पनि भ्याक्सिन बन्न सकेको छैन । त्यसैले डाक्टरसँग जाँच गराउनुपर्छ । अतः अहिले जुन गतिमा अनुसन्धान भइरहेकोछ यसलाई हेर्दा आगामी दिनहरुमा स्वाइनफ्लुको स्थायी उपचार हुने आशा गर्न सकिन्छ ।

८. जाडोमा धेरै फैलन्छ
स्वाइनफ्लुको धेरै असर जाडो मौसममा हुने गर्छ । गर्मी बढ्दै जाँदा यसको असर कम हुँदै जान्छ । चिसो मौसममा स्वाइनफ्लुको भाइरस ल्ज्ञज्ज्ञ धेरै सक्रिय हुन्छ र वर्षात्का कारण खतरा २—३ गुणासम्म बढाइदिन्छ । त्यसैले सावधानी अपनाउनु धेरै जरुरी हुन्छ ।

९. योगबाट लाभ
शरीरको प्रतिरक्षा प्रणाली एवं श्वासप्रश्वास प्रणालीलाई बलियो राख्न योगले मद्धत गर्छ । कपालभाति, ताडासन, महाबीरासन, उत्तानपादासन, पवनमुक्तासन, भुजंगासन, मंडूकासन, अनुलोम—बिलोम र उज्जायी प्राणायाम तथा बिस्तारै बिस्तारै भस्त्रिका प्राणायाम वा ध्यान आदि आसन गरेमा रुघाखोकी केही हदसम्म नियन्त्रण गर्न मद्धत पुग्छ । स्वाइनफ्लुबाट बच्नका लागि रोग प्रतिरोधक क्षमता बढाउने अभ्यास गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्