Logo
|
Friday 29th March 2024
Logo

epaper

हेमोडायलाईसिस फ्ल्यूडमा नेपाल आत्मनिर्भर



जनस्वास्थ्य सरोकार काठमाडौं । हेमोडायलाईसिस फ्ल्युडमा नेपाल पूर्ण आत्मनिर्भर भएको छ । नेपालमा दैनिक ५ hemodialysisसय जार हेमोडाइलासिस फ्ल्युडको माग रहेकोमा रोडोरेड्रन बायोटेक प्रा.लि.ले दैनिक ६ सय जार उत्पादन गरेसँगै नेपाल उक्त औषधिमा आत्मनिर्भर भएको हो ।
कम्पनीले गत साउनबाट नेपालमा पहिलोपटक ‘हेमोडाइलासिस फ्ल्यूड’ बजारमा ल्याएको थियो । मिर्गौला रोगीको सङख्यामा आएको वृद्धिसँगै कम्पनिले यस्तो औषधि बजारमा ल्याएको हो । यसअघि मिर्गौला रोगीका लागि आवश्यक पर्ने डाइलासिस फ्ल्यूड भारतबाट आयात हँुदै आएको थियो । “अहिले नेपालमा दैनिक ४ सयदेखि ५ सय ओटा जारको माग छ,” कम्पनिका अध्यक्ष अरुण चौधरीले भने । कम्पनिले शुरूमा दैनिक करिब ५ सय जार फ्ल्यूड बजारमा ल्याएको थियो । डायलाईसिस सेवा शुरु गरेका मुलुकका विभिन्न अस्पतालमा रहेका करिब २५—३० वटा डायलाईसिस सेन्टरबाट माग आएभन्दा बढी उत्पादन बजारमा आएको कम्पनिले बताएको छ । दैनिक १ हजार जार उत्पादन गर्ने कम्पनिको क्षमता छ ।
नेपालमा अहिलेसम्म यस्तो रोगको औषधि उत्पादन हुन नसकेको अध्यक्ष चौधरीको भनाइ छ । कम्पनिले डायलाईसिस फ्ल्यूड उत्पादनका लागि छुट्टै यूनिटको व्यवस्था गरेको छ । हाल नेपालमा वार्षिक रुपमा ३ करोड रुपैयाँ बराबको हेमोडायलाईसिस फ्लूड औषधि आयात हुने औषधि व्यवस्था विभागले बताएको छ । अहिले नेपालमा मासिक ९ हजार जार डाइलासिस फ्ल्यूड खपत हुने गरेको छ । यसलाइ आधार मान्दा नेपालमा बार्षिक १ लाख ८ हजार जार खपत हुन्छ । एउटा जारको बजार ३ सय ७५ रुपियाँ रहेको छ । यदि यो कम्पनिले नेपालमा आवश्यक पर्ने औषधि उत्पादन गरेको अवस्थामा आयात प्रतिस्थापन गर्न सकिने विभागका पूर्व महानिर्देशक गजेन्द्रबहादुर भुजूले बताए ।
कम्पनिले विश्व स्वास्थ्य संगठन कुशल अभ्यास प्रक्रिया (डब्ल्यूएचओ जीएमपी) अनुसार औषधि उत्पादन गर्दै आएको कम्पनिका निर्देशक मोहन ओलीले जानकारी दिए । “कम्पनिले उत्पादन गरेको डायलाईसिस फ्ल्युड गुणस्तरीयमा कुनै समस्या छैन”—राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक डा. ऋषिकुमार काफ्लेले भने —“विदेशबाट आयत हुने औषधिको तुलनामा स्वदेशी कम्पनिको उत्पादन धेरै राम्रो छ ।” उनका अनुसार डायलाईसिस फ्ल्युड न्यून वर्गीय मानिसले प्रयोग गर्ने भएकाले मूल्यमा समायोजन गर्नतर्पm कम्पनिले ध्यान दिनुपर्छ । “सामान्य मानिसले प्रयोग गर्ने औषधिको मूल्य सस्तो हुनुपर्छ”—उनले भने । डायलाईसिस फ्ल्यूड उत्पादनका लागि आवश्यक कच्चा पदार्थ भारत तथा तेस्रो मुलुकबाट आयात गरिन्छ ।
‘स्वदेशी कम्पनीले यस्तो औषधि नबनाएकाले कम गुणस्तरीय भएपनि आयात गरी विरामीको सेवा गरेका थियौ,’ पूर्व महानिर्देशक भुजूले भने, ‘यसअघिसम्म त्यस्ता औषधि आयातका लागि सरकारले पटके स्वीकृति दिँदै आएको थियो ।’ विभागका अनुसार अव डाइलासिस प्रडक्ट आयातका लागि अनुमति दिँदैनौ । कम्पनीले आर बी, हेमो पार्ट ए तथा पार्ट बी ब्राण्डमा सो उत्पादन बजारमा ल्याएको हो ।
-दैनिक करिब ५ सय जार माग
– मुलुकमा दैनिक ६ सय जार उत्पादन
– बार्षिक ३ करोड विदेशीनबाट जोगियो

प्रतिक्रिया दिनुहोस्