मेडिकल काउन्सिलका अध्यक्षद्वारा राजीनामा
२२ चैत, काठमाडौं । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. जागेश्वर गौतमले राजीनामा दिएका छन् । गौतम गत कात्तिक २६ गते काउन्सिलको अध्यक्ष नियुक्त भएका थिए ।
शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीसँग भएको ११ बुँदे सहमति कार्यान्वयनका क्रममा गौतमको राजीनामा आएको बताइएको छ । डा. केसीले आमरण अनसनका क्रममा त्रिविका साथै काठमाडौं विश्वविद्यालय र मेडिकल काउन्सिलका पदाधिकारीलाई बर्खास्त गर्नु पर्ने माग राखेका थिए । १२ दिन लामो अनसनपछि भएको भएको सहमति अनुसार सरकारले हालै मात्र उच्चस्तरीय छानविन समिति गठन गरेको छ । गौतमले आफ्नो राजीनामाबारे मुख्य सचिव लिलामणि पौडेललाई समेत जानकारी गराएका छन् ।