Logo
|
Friday 19th April 2024
Logo

epaper

उपराष्ट्रपतिबाट थ्री टेस्ला एमआरआई सेवाको समुद्घाटन



जनस्वास्थ्य सरोकार, चैत्र २८ । नेपालमा पहिलोपटक भित्रिएको थ्रि टेस्ला एमआरआई सेवा उपराष्ट्रपति परमानन्द Jeevanta
झाले आज काठमाडौंमा आयोजित एक कार्यक्रममा समुद्घाटन गर्नुभएको छ । काठमाडौंको दरबारमार्गस्थित जीवन्त एड्भान्सड्स काठमाडौं इमेजिङले सो सेवा सञ्चालनमा ल्याएको हो ।
म्याग्नेटिक रिजोनेन्स इमेजिङ्ग एम आर आई शरीरको सुक्ष्म, गहन तथा विस्तृत अध्ययन गरी रोग पहिचान गर्ने अत्याधुनिक प्रविधि हो । यसमा चुम्बकीय क्षेत्रमा राखिएको मानव शरीरमा रेडियो तरङ्ग प्रसारण गरेर यसबाट शरीरको अङ्ग तथा शारीरिक प्रक्रियाको अध्ययन गर्न सकिन्छ । यो प्रविधि एक्स रे, सि. टी. स्क्यान, अल्ट्रासाउण्ड आदि भन्दा बेग्लै भौतिकशास्त्रको चुम्बकीय शक्तिको सिद्धान्तमा आधारित छ । यसमा शक्तिशाली चुम्बकीय क्षेत्रमा आवश्यकता अनुसार रेडियो तरङ्ग प्रसारण गरिन्छ र अन्तरनिहित अङ्ग तथा प्रकृयाको सुक्ष्म अध्ययन गरिन्छ ।
कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ भगवान कोइरालाले यस किसिमको प्रविधिले मुलुकको जनस्वास्थ्यको स्तर उकास्न निकै सहयोगी भएको बताउनुभयो ।
नेपालमा एम आर आई सेवाको सुरुवात् सन् १९९० देखि भएको हो । हाल मुलुकमा विभिन्न भागमा विभिन्न क्षमता ०.२ टेस्ला देखि १.५ टेस्लाका मेशिनहरु सरकारी, गैरसरकारी तथा निजी क्षेत्रहरु जडान भई सेवा उपलब्ध गराइरहेका छन् । यद्यपि यी उपलब्ध मेशिनबाट अति सुक्ष्म तथा सम्बेदनशील शारीरिक अवस्था तथा प्रकृयाको अध्ययन गर्न सिमित क्षमताका कारण सम्भव नभएकले यस्ता समस्याबाट ग्रसित बिरामीले अति सुक्ष्म तथा बिस्तृत शारीरिक प्रक्रियाको डाइग्नोसिस (निदान) का लागि विदेश जानुपर्ने बाद्यता विद्यमान थियो । यसर्थ निम्न तथा मध्यम आय भएका वर्गका लागि विदेश गएर डाइग्नोसिस गराउन दुर्लभ र दुर्गम्य थियो । फलस्वरुप यो वर्ग समग्र र उपयुक्त उपचारबाट बञ्चित समेत हुन जाने अवस्था थियो ।
अर्कोतर्फ उच्च तथा मध्यम वर्गलाई डाइग्नोसिसका लागि बिदेश जानुपर्ने बाध्यता तथा स्वास्थ्य सेवामा अत्यधिक व्ययभार हुने अबश्यम्भावी थियो ।
यिनै कटू यथार्थलाई मनन गरेर मुलुकमै पहिलोपटक थ्री टेस्लाको मेशिन जडान गरी अन्तरर्राष्ट्रियस्तरको एम आर आइ सेवा सुभारम्भ गर्न पाएकोमा गौरव र खुशीको अनुभूति भएको जीवन्त एड्भान्सड काठमाडौं इमेजिङकी अध्यक्ष ममता घिमिरेले बताउनुभयो । यसबाट अत्यन्त सुक्ष्म, गहना तथा विस्तृत तवरले शरीरको अंङ्ग तन्तु तथा प्रक्रियाहरुको भरपर्दो अध्ययन गरी रोगको डाइग्नोसिस गर्न सकिने त्रि.बि.शिक्षण अस्पतालका रेडियोलोजी विभागका प्रमुख वरिष्ठ रेडियोलोजिष्ट प्रा.डा. रामकुमार घिमिरे बताउनुहुन्छ ।

‘यस जीबन्त एडभान्सड काठमाडौं इमेजिङमा निपूर्ण अनुभवी ख्याति प्राप्त बिशिष्ट विशेषज्ञ रेडीयोलाजिस्ट तथा रेडियोटेक्नोलोजिस्टबाट अत्यन्त भरपर्दो अन्तर्राष्ट्रियस्तरको सेवा प्रदान गर्न हामी प्रतिबद्ध छौ । बिरामीलाई मायालु हेरचाह तथा व्यवहारका लागि हाम्रा समस्त कर्मचारी बिशेष रुपमा चनाखो छन् ।’—अध्यक्ष घिमिरेले स्पष्ट पार्नुभयो ।
एम आर आईमा प्रयोग गरिने शक्तिशाली चुम्बकलाई हिलियमको माध्यममा माइनस ७४ डिग्री सेल्सियसमा चिस्याएर अनिवार्य राख्नुपर्छ । यसका लागि निरन्तर विद्युत आपूर्ति अपरिहार्य हुन्छ । वर्तमान विद्युत आपूर्तिको समस्याले बैकल्पिक विूुत आपूर्तिमा ठूलो व्ययभार यस सेन्टरले व्यहोर्नुपर्ने बाध्यता छ । यस मर्कालाई सरकारले निराकरण गर्न सकारात्मक पहल गरिदिन अध्यक्ष घिमिरेले सरकारसँग आग्रह गर्नुभएको छ ।
काठमाण्डौको मुटु दरबारमार्गमा अवस्थित यो जीवन्त एडभान्सड काठमाण्डौ इमेजिङ मुलुकमा आवश्यक डाइग्नोस्टीक इमेजिङको अत्याधुनिक एवं अधिक क्षमताको एम आर आइको खाँचोलाई परिपूर्ति गर्ने अभिप्रायबाट संचालनमा आएको अध्यक्ष घिमिरेले स्पष्ट पार्नुभयो । यस थ्री टेस्ला एम आर आइबाट मष्तिस्क, मेरुदण्ड सुषुम्ना, स्नायु नियन्त्रित कार्यहरु (जस्तै—सुन्ने बोल्ने आदि) मुटु, रक्त सञ्चार प्रणाली, क्यान्सर रोगको अवस्था त्यसको फैलावट साथै हाडजोर्नीको अति सुक्ष्म अध्ययन गर्न सकिन्छ । त्यस्तै एम आर स्पेक्ट्रोस्कोपीको विधिबाट शरीरको रसायनिक अवयवको समिश्रण तथा अवस्थाको समेत अध्ययन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्