Logo
|
Saturday 20th April 2024
Logo

epaper

कांग्रेस नेता आचार्यलाई मस्तिष्कघात



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाली कांग्रेसका नेता नरहरी आचार्यलाई मस्तिष्कघात भएको छ । शुशिलnarhari कोइरालाको निधन लगत्तै कोइराला निवास पुगेका आचार्य पत्रकारसँगको कुराकानीकै क्रममा बेहोस भएका थिए । तत्कालै शहिद गंगालाल अस्पताल पु¥याइएका आचार्यको एक्कासी उच्च रक्तचाप बढेका कारण मष्तिष्कघात भएको चिकित्सकले बताएका छन् । उनको मष्तिष्कको दायाँ भागमा रगत जमेको देखीएको छ । थप उपचारकालागि नेता आचार्यलाई न्यूरो अस्पताल बाँसबारी सारिएको छ ।
मस्तिष्कघात हुनमा उच्च रक्तचाप, मधुमेह र बुढ्यौलीपना मुख्य कारण मानिएको चिकित्सकहरु बताउँछन् । वरिष्ठ नसा रोग विशेषज्ञ प्रा.डा.रबिन्द्र श्रेष्ठका अनुसार, मद्यपान, धुम्रपान, मुटुको चालमा गडबडी, मुटुरोग तथा रक्तसञ्चारसम्बन्धि समस्याले मस्तिष्कघातलाई निम्त्याइरहेको छ ।
उच्चरक्तचापले मस्तिष्कका नशाहरु फूलेर फूट्न सक्छन् । यसरी नसा फूटेमा ब्लिडिङ भई मस्तिष्कलाई रगत आपूर्ति गर्ने नसा निस्कृय हुन्छ र मस्तिष्कघात हुन्छ । यसका साथै मधुमेहको समस्यामा चिनी र कोलेस्ट्रोलको मात्रा बढ्ने कारण मस्तिष्कमा रगत आपूर्ति गर्ने नसा साँघुरो हुँदै जान्छन् । यसबाट मस्तिष्कघात हुने संभावना हुन्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार, प्रतिवर्ष विश्वमा हुने १ करोड ५० लाख मस्तिष्कघातमध्ये १५ लाख व्यक्ति चिकित्सकको उपचारपछि सामान्य अवस्थामा फर्किने गरेका छन् । त्यसमा ७५ लाख अपाङ्ग हुने गरेका छन् भने ५० लाखको ज्यान जाने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्