Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

नेपालमा पहिलोपटक पेट स्क्यान मेसिन भित्रियो



काठमाडौँ, २५ जेठ । क्यान्सर रोगको चरण पत्ता लगाउन प्रयोग हुने पोजिट्रोन इमिसन टोमोग्राफी (पिइटी–सिटी sooriyaस्क्यान) मेसिन अब नेपालमा उपलब्ध भएको छ ।  सुरिया डायगोनोस्टिक प्रालिले रु १३ करोडको लगानीमा पहिलो पटक यो मेसिन नेपालमा ल्याएको हो ।

यो मेसिनको अभावमा बर्सेनि १५ हजार नेपाली उपचार गराउन भारत जाने गरेकाले यो मेसिन नेपाल ल्याउने चुनौती लिएको सुरिया प्रालिका प्रमुख कार्यकारी अधिकृत डा क्रिताञ्जली कोइरालाले बताइन् । उनले भनिन् – “नेपालमा यो मेसिनको अभाव लामो समयदेखि खट्किरहेको थियो । दक्ष चिकित्सक हुँदाहुँदै पनि बर्सेनि हजारौँ नेपाली पिइटी–सिटी स्क्यानका लागि मोटो रकम खर्चेर भारत, सिङ्गापुर, थाइल्यान्डलगायतका अन्य मुलुक जान बाध्य छन् । अब यो अवस्था लामो समय रहनुहुँदैन भनी जोखिम मोलेर यो सेवा सुरु गरिएको हो ।” उनले यो मेसिनले रोगको पहिचान तथा अवस्था मूल्याङ्कन गर्न, रोगमा प्रयोग गरिएको औषधि शरीरमा प्रभावकारी भए/नभएको पत्ता लगाउन र क्यान्सर पुनरावृत्ति वा मुक्त भएको अवस्था पत्ता लगाउन पनि सहयोग पुर्‍याउने बताइन् । यसका अलावा मुटु रोग तथा मस्तिष्कसम्बन्धी रोगको मूल्याङ्कन गर्न पनि यो मेसिन उपयोगी हुने बताइएको छ ।

यही मेसिनको अभावमा पूर्व राष्ट्रपति डा रामवरण यादव क्यान्सर परीक्षणका लागि जापान जानु परेकाे थियो । डा कोइरालाले भारतको चेन्नईमा रहेको सुरिया अस्पतालको संयुक्त लगानीमा यो मेसिन नेपाल ल्याएको र यसको सेवा लिन रु ६२ हजार खर्च लाग्ने बताइन् । उनले भनिन् – “यसका लागि प्रयोग हुने औषधि महँगो छ, रु ३६ हजार पर्छ । त्यसकारण यो महँगो हुन गएको हो । भारतमा सेवा लिँदा ३० हजार भारतीय रुपैयाँ तिर्नुपर्छ ।” एक महिना अगाडि जडान गरिएको यो मेसिनले म‌गलबारसम्म सात जना क्यान्सर बिरामीको पिइटी–सिटी स्क्यान गरिसकेको डा कोइरालाले जानकारी दिइन् । रासस

प्रतिक्रिया दिनुहोस्