Logo
|
Saturday 27th April 2024
Logo

epaper

चिकित्सकको सिफारिस बिना औषधी बिक्री वितरण गर्ने प्रवृत्तिमाथि कडाइ गरिने



भक्तपुर, कात्तिक  औषधि ब्यबस्था बिभागले चिकित्सकको सिफारिस बिना बिक्री वितरण गर्न नहुने औषधिमा कडाइ गर्ने भएको चिकित्सकको सिफारिस बिना बिक्री वितरण गर्न नहुने भनि लेखिएका बर्गका औषधिलाइ चिकित्सकको सिफारिस अनुसार मात्र बेच्न सबै ब्यबसायीहरुलाई बिभागले आब्हान गरेको


औषधिको बट्टाको पछाडिपट्टि सावधान चिकित्सकको सिफारिस बिना यो औषधि बिक्रीवितरण गर्न हुँदैन भनेर लेखिएका औषधि समेत अहिले नेपाली बजारमा बिना प्रेस्क्रिप्सन नै बिक्रिवितरण भैरहेको तर अब यस्ता medicine-prescribeऔषधीहरु चिकित्सकको सिफारिसको आधारमा मात्र बिक्री गर्न पाइने बाध्यमत्मक व्यवस्था औषधि बिभागले गर्न लागेको हो
नेपालमा ५० प्रतिशत मानिस चिकित्सकको प्रेस्क्रिप्सन बिना नै औषधि खरिद गर्छन् कतिपय औषधिहरु सेवन गर्न नमिल्ने धेरै अवस्था हुन्छन् गर्भवती मुटु रोग भएको मधुमेह उच्च रक्तचाप भएको अवस्थामा सामान्य बर्गकै औषधि खरिद गरेर सेवन गर्दा पनि त्यसले नराम्रो असर गर्न सक्छ चिकित्सक को सल्लाह बिना औषधि सेवन गर्ने आफु खुशी औषधि सेवन गर्ने प्रवृत्तिका कारण विश्वमा धेरै मानिसहरुले ज्यान गुमाउने गरेको तथ्यांकले देखाएको नियामक निकाय कम्जोर बन्दा औषधिको बिक्रीवितरणमा ब्यबस्थापन हुन नसकेको चिकित्सकले नै बताउँदै आएका छन् औषधि ब्यबस्था बिभागले पनि सिफारिस बिना जथाभाबी औषधि बिक्रीवितरण भएको स्वीकार गर्दै छिटै नियमन हुने प्रतिबद्दता जनाएको
नेपालमा अस्पतालमा भोग्नुपर्ने धेरै सास्तीको कारण पनि सर्वसाधारणहरुले अन्दाजको भरमा औषधि पसलमा औषधि खरिद गरेर सेवन गर्ने गरेका छन् बिरामी हुने बित्तिकै औषधि सेवन गर्नु भन्दा आपूुलाई लागेको रोग पत्ता लागएर मात्र चिकित्सकको सल्लाह बमोजिम औषधि सेवन गर्नु नै बुद्दिमानी हुनेछ

प्रतिक्रिया दिनुहोस्