Logo
|
Friday 26th April 2024
Logo

epaper

स्क्रबटाइफसको कीट अभाव



गएको असोज, कात्तिक महिनामा महामारीका रुपमा देखिएको स्क्रबटाइफस परीक्षणका लागि आवश्यक पर्ने कीट चार महिनायता सरकारी तवरबाट उपलब्ध नहुँदा बिरामी निजी अस्पतालमा धाउन बाध्य भएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनका कीट नियन्त्रक राम केसीका अनुसार माघयता स्क्रबटाइफसको कीट प्राप्त भएको छैन । त्यसअघि जनस्वास्थ्य कार्यालयले कीट झिकाएर भरतपुर अस्पतालमा दिँदै आएको थियो । हाल यहाँको चितवन मेडिकल कलेजमा मात्र स्क्रबटाइफसको परीक्षण गरिँदै आएको छ ।

एकपटक परीक्षण गर्दा रु दुई हजार ५०० मेडिकल कलेजले लिने गरेको छ । सरकारले यो परीक्षण सरकारी अस्पतालमा निःशुल्क गराउने जनाएको भए पनि कीट भने पठाएको छैन । जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनका निमित्त प्रमुख नरहरि शर्माले विभागमा कीट माग्ने काम भइरहेको भए पनि प्राप्त हुन नसकेको बताउनुभयो ।

चालु आवको हालसम्म स्क्रबटाइफसबाट चारजनाको मृत्यु भई सकेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनका कीट नियन्त्रक केसीका अनुसार एक हजार ६२७ जनाको परीक्षण गर्दा ५०४ जनामा यो रोग देखिएको हो । तीमध्ये चारजनाको मृत्यु भएको उहाँले बताउनुभयो । भदौमा एकजना र कात्तिकमा तीनजनाको मृत्यु भएको थियो ।

यो वर्ष सबैभन्दा बढी कात्तिकमा १६६ जना र असोजमा ११२ जनामा स्क्रबटाइफस देखिएको उहाँले बताउनुभयो । गतवर्षको वैशाखदेखि असारसम्ममा ४५ जनाको स्क्रफटाइफस परीक्षण गर्दा ३३ जनामा पोजिटिप देखिएको थियो । जसमध्ये एकजनाको मृत्यु भएको थियो । यस वर्ष पनि वर्षात् सुरु हुन लागेसँगै बिरामी देखापर्न थालेका छन् ।

स्क्रबटाइफस मुसामा लाग्ने किर्नाजस्तो सामान्यतयाः आँखाले देख्न गाह्रो हुने किरा (माइट) को टोकाइबाट मानिसमा सर्ने गर्छ । गर्मी मौसमसँगै खेतबारीमा काम गर्ने र घर बाहिर बस्ने हुँदा यो मौसममा रोग देखिने गर्छ । रासस

प्रतिक्रिया दिनुहोस्