Logo
|
Thursday 18th April 2024
Logo

epaper

डा.केसी र सरकारी टोलीबीच आज वार्ता हुने



चिकित्सा क्षेत्र सुधारको माग राख्दै अनशनमा बसेको प्राडा. गोविन्द केसी र सरकारी टोलीबीच आज वार्ता हुने भएको छ ।

सरकारी टोलीका तर्फबाट शिक्षा सचिव शान्तबहादुर श्रेष्ठको नेतृत्वमा हुन लागेको वार्तामा प्रधानमन्त्री कार्यालयका सचिव गोपिनाथ मैनाली र स्वास्थ्य मन्त्रालयका सचिव सहभागी हुने छन् ।

११ औं पटक अनशनमा बस्नु भएका डा. केसी भने स्वास्थ्य अवस्थाका कारण सहभागी नहुने वार्ता भने शिक्षा मन्त्रालयमा हुने भएको छ  ।

उता डा. केसी पक्षबाट प्राडा वाइपी सिंह, डा.रञ्जन सापकोटा र डा. जीवन क्षेत्री सहभागी हुने छन् ।

तुरुन्त माथेमा प्रतिवेदनअनुरूप दिइएका सुझावसहित चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने, चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता रोक्न ६ वटा प्रक्रिया अपनाउनुपर्ने, आईओएममा तत्काल डिनको सिफारिसअनुसार सहायक डिन र क्याम्पस प्रमुख नियुक्त हुनुपर्ने

त्यस्तै आईओएमलाई विगतका सम्झौताअनुसार थप स्वायत्तता दिँदै विद्यार्थी भर्ना, शुल्क र सम्बन्धनसम्बन्धी अधिकार त्रिवि कार्यकारी परिषद्बाट आईओएममा फिर्ता गरिनुपर्ने माग डा.केसीको रहेको छ ।

त्यस्तै डा.केसीले सरकारी निर्देशन र अदालतको आदेश अटेरी गर्ने मेडिकल कलेजको सम्बन्धन तत्काल खारेज गरिनुपर्ने, चिकित्सा शिक्षा आयोग नबनेसम्म मेडिकल शिक्षाका सबै तहको शुल्क विश्वविद्यालयले नभई सरकारले तोक्ने व्यवस्था हुनुपर्ने, एमडी÷एमएस र एमडीएस तहको शुल्क यही शैक्षिक सत्रदेखि लागू हुने गरी काठमाडौं विश्वविद्यालयमा जस्तै सबै निजी कलेजका लागि २२ लाख कायम गरिनुपर्ने र आईओएममा पदाधिकारी नियुक्त नगरेर अस्तव्यस्त बनाउने, आईओएमका अधिकार खोसेर लैजाने तथा नाजायज रूपमा धेरै शुल्क कायम गर्ने त्रिवि पदाधिकारीलाई तत्काल बर्खास्त गरिनुपर्ने माग सरकार समक्ष राख्नु भएको छ ।

उहाँले सोमबारबाट अनशन सुरु गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्