Logo
|
Thursday 28th March 2024
Logo

epaper

पूर्वाञ्चलमा भाइरलको संक्रमण बढ्दो



मौसमको परिवर्तनसँगै पूर्वाञ्चलमा भाइरलको संक्रमण बढेको छ । भाइरल ज्वरोका कारण विराटनगरका नीजि तथा सरकारी अस्पतालहरुमा बिरामीहरुको चाप बढेकोे छ ।

‘कोशी अञ्चल अस्पतालको आकस्मिक कक्षमा दैनिक ५० भन्दा बढी भाइरलका बिरामी आउने गरेको, ’ कोशी अंञ्चल अस्पतालका आकस्मीक कक्ष इन्चार्ज रघुनन्दन अधिकारीले बताउनु भयो ।

पूर्वी हावा चल्नु र अत्याधिक गर्मी हुनु, मौसममा देखिएको परिवर्तनका कारण अस्पतालहरुमा बिरामीहरुको चाप बढेको हो । कोशी अञ्चल अस्पतालका मेसु डाक्टर रोशन पोखरेल,‘ दैनिक आउने बिरामीहरुमध्ये आधा भन्दा धेरै भाइरलका बिरामी हुने गरेको बताउनु हुन्छ । ’
पूर्वका अस्पतालहरु अहिले भाइरल बिरामीका कारणले गर्दा भरिएको छ ।यसैबीच भाइरलका बिरामीहरु शहरभन्दा पनि गाउँगाउँबाट बढी आउने गरेको अस्पतालले जनाएको छ ।

ज्वरो आउने, जिउ दुख्ने, घाँटी दुख्ने ,खान मन नलाग्ने भाइरलका लक्ष्ण हुन् । यस्तो वेला खानपानमा विशेष ध्यान पु¥याउन पनि चिकित्सकले सुझाव दिनु भएको छ । त्यस्तै बढी मात्रामा झोलिलो पदार्थ खानु पर्ने बताउनु भएको छ ।

भाइरलले विशेष गरेर बच्चा र वृद्धवृद्धाहरुमा छिटो असर गर्ने भएकाले परिवार तथा समाजका सदस्यहरुले यी विषयमा सजगता अपनाउन अस्पतालले आग्रह गरेको छ ।

चिकित्सकहरुले नागरिकहरु सचेत भएमा भाइरलबाट बच्न सकिने बताइका छन् । यसबाट बच्नका लागि घर वरपर सरसफाई,खानपानमा ध्यान,समान्य रोगमा पनि समयमा जाँच , औषधि प्रयोग गरी भाइरलबाट बच्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्