Logo
|
Friday 19th April 2024
Logo

epaper

लचिलो बनेको सरकारी पक्ष र डा.केसीको प्रतिनिधिबीच चौथो पटक वार्ता हुदैं



चिकितसाशास्त्र अध्ययन संस्थानका प्राडा. गोविन्द केसीका प्रतिनिधि र सरकारी टोली बीच आज चौथो पटक वार्ता हुदैछ ।

चिकित्सा ऐन पारितलाई लिएर सरकारले ठोस जवाफ दिन नसकदा यसअघिका तीनवटा वार्ता निष्कर्षमा पुग्न सकेको थिएन । विगत ८ दिनदेखि अनशनरत डा.केसीका प्रतिनिधि बीच आज अपरान्ह ३ बजे वार्ता गरिने सरकारी वार्ता टोलीका संयोजक शिक्षा सचिव शान्त बहादुर श्रेष्ठले बताउनु भएको छ ।

चिकित्सा शिक्षा सम्बन्धी विधेयक आफ्ना सुझावसहित तुरुन्त पास गर्नुपर्ने डा. केसीको मुख्य मागलाई लिएर सरकारी वार्ता टोलीले भने संसदमा रहेको विधेयक आफनो क्षेत्राधिकार भन्दा बाहिरको विषय भएको बताँउदै आएको कारण यसअघिका वार्ता निष्कर्षविहिन बन्न पुगेको थियो ।

यसैबीच प्रधानमन्त्री देउवाले विधेयक पारित गर्न व्यवस्थापिका संसदको महिला बालबालिका ,ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्रीको आग्रह अनुसार समितिले फास्ट ट्रयाकबाट विधेयक पारित गर्न छलफल सुरु गरेको छ । आइतबार शिक्षा र स्वास्थ्य मन्त्रीबीच पनि विधेयक पारित गर्ने विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्