Logo
|
Wednesday 24th April 2024
Logo

epaper

बोलबम बाबाधाममा निः शुल्क स्वास्थ्य शिविर



रोटरी क्लब अफ धरान र रोटट्रयाक क्लब अफ धरान घोपाले प्रत्येक बर्षझै यस बर्ष पनि बोलबम महिना अन्तर्गत पिण्डेश्वर बाबाधाममा निः शुल्क स्वास्थ्य शिविर आयोजना गरेका छन् ।

यो स्वास्थ्य शिविर श्रावण महिनाको प्रत्येक आइतबार र सोमबार हुने गर्दछ जसमा बी.पी. कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानका चिकित्सकहरु तथा रोटट्याक्टरहरुको सहभागिता रहने गर्छ ।

पिण्डेश्वर बाबाधाम आएका श्रद्धालु भक्तजनहरुलाई लक्षित यो निः शुल्क स्वास्थ्य शिविरमा चोटपटक, जलवियोजन, झाडापखाला, बेहोस भएका भक्तजनहरुलाई निःशुल्क स्वास्थ्य जाँच गरी निः शुल्क औषधि वितरण गरिन्छ । यसका साथै जीवन जल र ग्लुकोज वितरण, सर्जिकल ड्रेसिङ्ग, टि. टि. खोप आदिको व्यवस्था र गम्भीर घाइते वा बिरामी भएका भक्तजनहरुलाई रेडक्रसको एम्बुलेन्सद्वारा बि. पि. कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षसम्म निःशुल्क पु¥याउने सुविधा रहेको जानकारी प्रतिष्ठानमा एम.बी.बी.एस. दोस्रो बर्षमा अध्ययनरत क्लबका प्रवक्ता रोटर्याकटर शुभम कुमार अग्रवालले दिनुभयो ।

यो बर्ष श्रावण १ र २, ८ र ९ र १५ र १६ गते शिविर भब्यताका साथ सम्पन्न भइसकेको र आगामी २२ र २३ र २९ र ३० गतेहरुमा पनि हुने जानकारी उहाँले दिनुभयो । मन्दिर समितिको सहयोगमा विगत आठ बर्षदेखि मन्दिर प्राङ्गणमा निरन्तर आयोजना गरिएकोे सो शिविरमा यसपाली १२३ जना श्रद्धालु भक्तजनहरुलाई स्वास्थ सहयोग गरिएको थियो ।

आफ्नो ब्यस्तताका बावजुद पनि समय निकालेर प्रतिष्ठानका डा. राहुल कर्ण , डा. न्युटन रानाभाट , रोटर्याकटर शुभम कुमार अग्रवाल, रोटर्याकटर गिरेन्द्र यादव , रोटर्याकटर बोलबम रज्ज्क र रोटर्याकटर विजयानन्दले सो शिविरमा भक्तजनहरुलाई अहोरात्र स्वास्थ सेवा प्रदान गर्नुभयो । प्रतिष्ठानमा अध्ययन गर्दै गरेका विद्यार्थीहरुले स्थापना गरेको रोटर्याकट क्लब अफ धरान घोपाले हरेक दुई हप्तामा रेडियो कार्यक्रम रोटर्याकट स्वास्थ दर्पण प्रसारण, विद्यालयहरुमा निः शुल्क पुनर्जीवन प्राथमिक उपचार तालिम , निःशुल्क प्रौढ शिक्षा कार्यक्रमहरु, जनचेतनामुलक सडक नाटकहरु, सडक बालबालिकाहरुको निः शुल्क स्वास्थ जाँच शिविरहरु, निःशुलक स्वास्थ शिविरहरु तथा विविध शिक्षा र स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्