Logo
|
Monday 25th November 2024
Logo

epaper

डा.केसीका प्रतिनिधि र मन्त्रीहरुबीच आज वार्ता हुदै



अनशनरत प्राडा. गोविन्द केसीका प्रतिनिधि र स्वास्थ्य र  शिक्षा मन्त्रीको सहभागितामा  आज वार्ता हुदैछ । सरकारले डा.केसीको माग र चिकित्सा शिक्षा ऐन पारितका सम्वन्धमा छलफल गर्नका लागि सरोकारवाला सबै प्रतिनिधिलाई बोलाईएको छ ।

यसअघिका चारवटा वार्ताहरु विना निष्कर्ष टुंगिए पछि शिक्षामन्त्रालयले बृहत छलफल आयोजना गरेको हो ।

आजको छलफलमा शिक्षामन्त्री गोपालमान श्रेष्ठ, स्वास्थ्यमन्त्री गिरीराजमणी पोखरेल, पूर्व स्वास्थ्य मन्त्री गगन थापा, दुबै मन्त्रालयका सचिव, दुबै वार्ता टोलीका सदस्य, प्रतिवेदन निर्माण समितिका संयोजक केदारभक्त माथेमा, डा. भगवान कोईराला, व्यवस्थापिका संसदको महिला बालबालिका तथा जेष्ठ नागरिक तथा समाज कल्याण समिति सभापति रन्जु कुमारी झा र आईओएम र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका डीन सहभागी हुने शिक्षा मन्त्रालयले जनाएको छ ।

डा.केसीका कतिपय माग सम्बोधन भैसकेको  बताउनु हुदै  सरकारी वार्ता टोलीका संयोजक एवं शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले डा.केसीको मुख्य माग चिकित्सा शिक्षा विधेयकमाथि मङ्गलबार बृहत् रूपमा छलफल गरिने जानकारी दिनुभयो ।

अनशन नवौं दिनसम्म आईपुग्दा डा.केसीको स्वास्थ्य अवस्था भने कमजोर हुदै गएको छ ।

यसैबीच डा. केसीको समर्थनमा माईतीघरमा रिले अनसन आज पनि जारी छ । सोलिडारिटी फर डा.केसी एलाईन्स र विवेकशील साझा पार्टीको अगुवाईमा ३ दिनयता रिले अनसन भईरहेको हो ।

प्रतिक्रिया दिनुहोस्