हृदयाघातका कारण दलित नेता रामको निधन
राष्ट्रिय भूमि अधिकार मञ्चका पूर्व केन्द्रीय अध्यक्ष तथा दलित नेता बलदेव रामको आज बिहान हृदयाघातका कारण निधन भएको छ ।
लामो समयदेखि मुटु रोगबाट पीडित ७० वर्षीय रामलाई आज बिहान सप्तरीको सुरुङ्गा नगरपालिका–४ मधुपट्टीस्थित आफ्नै निवासमा हृदयाघात भएलगत्तै आफन्तजनले लहानस्थित अस्पताल पु¥याए पनि त्यहाँ चिकित्सकले मृत घोषणा गरेको मृतकका छोरा गणेशले जानकारी दिनुभयो ।
सिरहा र सप्तरीमा भएको सिनो बहिष्कार आन्दोलनबाट चर्चित रामले भूमिहीन सुकुम्बासीको अधिकार तथा दलित अधिकारका लागि अभियान चलाउँदै आउनुभएका थियो । उहाँ जनचेतना दलित संगमका संस्थापक अध्यक्षसमेत हुनुहुन्थ्यो । रामको आजै गृह गाउँमा अन्तिम संस्कार गरिने परिवारजनले जनाएको छ । मृतक रामका दुई छोरा र दुई छोरी छन् । रासस