पूर्णरुपमा स्तनपान गराउने आमाहरु ३४ प्रतिशत
आज ‘विश्व स्तनपान दिवस’नेपालमा पनि विभिन्न जनचेतना मुलुक कार्यक्रम गरी मनाइदै छ । “सबै मिली स्तनपानलाई दिगो बनाउ” भने नारा सहित सरकारले आज देखि २५ औ विश्व स्तनपान सप्ताह समेत सुरु गरेको छ ।
सप्ताह अन्र्तगत जिल्ला तथा स्थनीय स्तरमा स्तनपान सम्वन्धी विभिन्न जनचेतना मुलुक कार्यक्रम गरिने स्वास्थ्य विभागले जनाएको छ । नेपालका ३४ प्रतिशत आमाले शिशुलाई पुर्णरुपमा स्तनपान नगराउने भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सन् २०१६ को सरकारी तथ्याङक अनुसार ६६ प्रतिशत महिलाले मात्र शिशुलाई पूर्णरुपमा स्तनपान गराउने गरिएको पाइएको छ ।
बाल मृत्युरदर घटाउन र कुपोषणको मारबाट बालबालिकालाई जोगाउन स्तनपानको महत्व रहेको पाईन्छ ।
गर्भधारणको प्रक्रियासँगै आमाको स्तनमा दूध बहन्न थालेको हुन्छ । पहिलो बिगौते दूध बच्चाको लागि अमृत समान हुन्छ, त्यसले बच्चालाई धेरै रोगहरूबाट लड्नसक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ ।
स्तनपान र सघनतालाई परिवार नियोजनको माध्मको रूपमा पनि लिइन्छ । जति बढि पटक आमाले दूध चुसाउछिन् त्यतिनै बढि अस्थाइ बाँजोपानको अवधि बढेर जाने विज्ञहरुको भनाई रहेको छ ।