अमृत समान स्तनपान परिवार नियोजनको माध्यम
आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तन बाट निस्कने प्राकृतिक दूध चुसाउने क्रिया स्तनपान हो ।
बच्चालाई स्तनपान गराँउदा बच्चालाई मात्र नभएर आमाको स्वास्थ्यलाई समेत फाइदा पुग्दछ ,तर पछिल्लो समय भने स्तनपान नगराउने प्रचलन बढ्दै गएको पाईन्छ । नेपालमा ३४ प्रतिशत आमाले आफना शिशुलाई पूर्णरुपमा स्तनपान नगराएको पाईन्छ ।
स्तनपान र सघनतालाई परिवार नियोजनको माध्मको रूपमा पनि लिइन्छ । जति बढि पटक आमाले दूध चुसाउछिन् त्यतिनै बढि अस्थाइ बाँजोपानको अवधि बढेर जाने हुदाँ स्तनपान गराउनु सुत्केरी महिलाको लागि अति नै आवश्यक रहेको देखिन्छ ।
स्तनपान ज्यादै पुरानो प्रचलन हुनुका सथै प्राकृतिक र स्वस्थकर पनि हो । गर्भधारणको प्रक्रियासँगै आमाको स्तनमा दूध बहन्न थालेको हुन्छ । पहिलो बिगौते दूध बच्चाको लागि अमृत समान हुन्छ, त्यसले बच्चालाई धेरै रोगहरूबाट लड्नसक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ ।
विज्ञहरुका अनुसार आमाले बच्चा जन्मनेबित्तिकै दूध खुवाउनुपर्छ । त्यसले पाठेघरको मुख खुम्चन्छ र रक्तस्राव रोकेर सामान्य स्थितिमा ल्याउन मद्दत गर्छ । दूध चुसाइले दूधको प्रवाहलाई बढाउँछ ।
महिलाको सुत्केरी अवस्थामा पहिलो दुई वा तीन दिनसम्म प्राप्त हुने बिगौती दुध जुन बच्चाको लागि अति पौष्टिक हुन्छ । कोलोस्ट्रममा नवजात शिशुलाई चाहिने सबै प्रकारको पौष्टिक तत्व रहेको हुन्छ । यसले बच्चालाई रोगहरूबाट बचाउँछ र शिशुको पेट पनि सफा गर्छ । बच्चाको आँत सफा गर्नका लागि जडीबुटी, चिया वा पानी खुवाउन आवश्यक छैन ।
मुख्य विषय भनेको बच्चाको रोगप्रतिरोधात्मक क्षमता बढाउने आमाका दुधका के के छन् त फाईदाहरु हेर्नुेहोस् बुदाँगतरुपमा ः
- बच्चालाई स्वस्थ र तन्दुरुस्त पार्ने सबभन्दा उत्तम आहार आमाको दूध हो
- स्तनपानले सुत्केरी भैसकेपछि रगत जाने प्रक्रियालाई रोक्छ
- स्तनपानले बच्चालाई मधुमेह, क्यान्सर, पखाला र निमोनियाजस्ता बिमार र संक्रमणबाट बचाउँछ
- दूधबाट आमाको रोग प्रतिरोधात्मक शक्ति बच्चामा सर्छ
- स्तनपानले आमालाई क्यान्सर र हड्डी कमजोर (ओस्टेओपोरोसिस् । हुने रोगबाट जोगाउँछं)
- आमाको दूध जहिले पनि बच्चाका लागि सफा, तयार र सही तापक्रममा रहेको हुन्छ
- स्तनपानले आमा र बच्चा दुवैलाई आत्मीय र सुरक्षित भएको अनुभूति दिन्छ
- कतिपय महिलालाई स्तनपानले चाँडै गर्भवती हुनबाट बचाउँछ
- स्तनपान गराउन खर्च लाग्दैन