ओपीडी सेवा बहिस्कार
प्रा. डा. गोबिन्द केसीको स्वास्थ्य बिग्रिँदै गएपछि त्रि .बि शिक्षण अस्पतालका आवासीय डाक्टरले बुधबारदेखि ओपीडी सेवा बहिस्कार गर्ने भएका छन् ।
डा. केसी चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने लगायतका माग राख्दै बिगत ९ दिनदेखि आमरण अनसनमा छन् ।
राज्य पक्ष गम्भीर नदेखिएको भन्दै ओपीडीलगायतका पठनपाठन सम्बन्धी कुनै पनि शैक्षिक कार्यक्रममा सरीक नहुने उनीहरुले बताएका छन् ।
यस्तै नेपाल रेजिडेन्ट डाक्टर एशोसिएसनका अध्यक्ष डा कश्यप श्रेष्ठले ९ दिनसम्म पनि सरकार गम्भिर नदेखिएकोे भन्दै भोलिदेखि ओपीडीमा सरीक नहुने बताए ।