Logo
|
Tuesday 16th April 2024
Logo

epaper

चिकित्सा विधेयकबारे संसदीय समिति र मन्त्रीबीच छलफल



व्यवस्थापिका–संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिमा विचाराधीन चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा सम्बन्धित मन्त्री र सरोकार भएका पक्षबीच आज छलफल भएको छ ।

चिकित्सक डा गोविन्द केसीको जारी अनशन र उहाँसँगको वार्तालाई सहजीकरण गर्ने सन्दर्भमा भएको सो छलफलमा उपप्रधानमन्त्री एवं शिक्षा मन्त्री गोपालमान श्रेष्ठ, स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेल, पूर्व शिक्षामन्त्री धनीराम पौडेल, पूर्व स्वास्थ्य मन्त्री गगन थापा र प्रमुख दलका मुख्य सचेतकहरु सहभागी हुनुहुन्थ्यो । डा केसीको अनशन आज दशौं दिन पनि जारी छ ।

समितिका सभापति रञ्जुकुमारी झाको अध्यक्षतामा बसेको समितिको बैठकमा यसबारे थप छलफल गरी निष्कर्षमा पुग्ने समझदारी भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्