Logo
|
Thursday 5th August 2021
E-paper Magazine

मिर्गौलाले लग्यो समाजसेवी अधिकारीलाई



तनहुँ जिल्लाका समाजसेवी एवं शिक्षक सूर्यप्रसाद अधिकारीको बुधबार बेलुका निधन भएको छ ।

दुवै मिर्गौलामा खराबी देखिएपछि गत साउन ११ गतेदेखि काठमाडौँको पुरानो बानेश्वरमा रहेको भेनस अस्पतालमा उपचार गराइरहनुभएका अधिकारीको बुधबार राति ७ बजे ५५ वर्षको उमेरमा निधन भएको हो ।

तनहुँ क्यामिन माध्यमिक विद्यालयका शिक्षक अधिकारीले तनहुँकै क्यामिन गाविस ९हाल व्यास नपा–७० मा नेपाली काँग्रेसको पार्टी सचिवको रुपमा समेत काम गर्नुभएको थियो ।

उहाँलाई अन्तिम समयमा उपचार हुँदाहुँदै जण्डिस देखिएपछि सघन कक्षमा राखेर उपचार गरिएको थियो । स्व अधिकारीको आजै बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने क्यामिन माविका पूर्व शिक्षक प्रदीप घिमिरे जानकारी दिनुभयो ।

स्व अधिकारीको शरीरमा काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले पार्टीको झण्डा ओढाउनुहुनेछ । स्व अधिकारीका श्रीमती, तीन छोरी र एक छोरा हुनुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्