Logo
|
Friday 19th April 2024
Logo

epaper

पत्रकार उपचार कोषलाई सहयोग



बिर्तामोडस्थित अञ्जली ओभरसिजका सञ्चालक भानुप्रसाद शिवाकोटीले नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषका लागि रु २१ हजार प्रदान गर्नु भएको छ ।

पत्रकार महासंघका उपाध्यक्ष एवं पत्रकार उपचार कोषका संयोजक एकराज गिरीलाई शिवाकोटीले आफ्नो ४७औँ जन्मोत्सव कार्यक्रमका बीच बिर्तामोडमा उक्त रकम प्रदान गर्नुभएको हो ।

बिर्तामोड–१ निवासी शिवाकोटी अञ्जली ओभरसिजको सञ्चालक रहनुका साथै सामाजिक र धार्मिक कार्यमा समेत सक्रिय हुनुहुन्छ ।

पत्रकार महासंघले रु एक करोडको उपचार कोष बनाएर त्यसको ब्याजबाट पत्रकारको उपचारमा सहयोग गर्ने उद्देश्यले सञ्चालन गरेको अभियानअन्तर्गत हाल रु २९ लाखभन्दा बढी संकलन भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्