Logo
|
Friday 29th March 2024
Logo

epaper

अनशनरत डा.केसीको स्वस्थ्य अवस्था गम्भिर



अनशनरत प्रा. डा. गोबिन्द केसीको स्वास्थ्य अबस्था गम्भिर बनेको छ । आफनो माग पुरा नगरेको भन्दै एघारौं दिनदेखि अनशनरत डा.केसीलाई छाति दु्ख्ने रिङगटा लाग्ने जस्ता स्वस्थ्य समस्या देखिएको बताइएको छ ।

सरकारी पक्ष डा.केसीको मागलाई लिएर गम्भिर नहुदा अनशन लम्बिएको बताइएको छ । वार्ता निष्कर्षमा पुग्न नसके पछि डा.केसीका वार्ता टोलीले सरकारी वार्ता टोलीलाई आवश्यक गृहकार्य गरेर वार्तामा बस्न आह्वान गरेका छन् ।

चिकित्सा शिक्षा विधेयक सम्वन्धमा वार्ता गएर अड्किएको कारण यसअघि भएका पाँचवटा वार्ताहरु निष्कर्ष विहिन बन्न पुगेका हुन् ।
यसैबीच सरकारी पक्षले बुधबार बोलाएको वार्तामा भने डा.केसीका पक्षधरले वार्ता बहिष्कार गरेका थिए ।

सरकारी पक्षसँग वार्ता अनिश्चित भएपछि डा.केसी समर्थक आवसीय चिकित्सकले थप आन्दोलनको तयारी गरेका छन् ।

बुधबारमात्र पठन पाठन बन्द गरेर बाहिरगं सेवा बहिष्कार गरेका आवसीय चिकित्सकहरुले शल्यक्रिया कक्ष समेत बहिष्कार गर्ने चेतावनी दिएका थिए ।

माग पुरा नभएमा कडा संर्घषमा उत्रने चेतावनी दिएका चिकित्सकहरुले शनिबार माईतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्