Logo
|
Monday 25th November 2024
Logo

epaper

स्वास्थ्य सेवा निर्वाधरूपमा सञ्चालन गर्न आग्रह



प्रा.डा. गोविन्द केसीको मागबारे छलफल भइरहेको हुँदा स्वास्थ्य सेवा निर्वाधरूपमा उपलब्ध गर्न गराउन शिक्षा मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले आज विज्ञप्ति जारी गरी अनशनरत चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा.डा. केसीले राखेका विभिन्न मागबारे सम्बन्धित निकायसँग छलफल भइरहेको सन्दर्भमा मानव स्वास्थ्य जस्तो संवेदनशील विषयलाई ध्यानमा राखी अस्पतालबाट प्रवाह गरिएका सेवा निर्वाधरूपमा सञ्चालन गर्न सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीमा अपिल गरेको छ ।

प्रा.डा. केसीले चिकित्सा शिक्षा ऐन छिटो ल्याउनुपर्ने र संस्थानमा तत्काल सहायक डीन नियुक्त गर्नुपर्ने प्रमुख माग राख्दै साउन ९ गतेदेखि ११औँ पटक आमरण अनशन सुरु गर्नुभएको छ । मन्त्रालयले डा. केसीलाई अनशन तोडी वार्तामा आउन पनि आग्रह गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्