Logo
|
Friday 26th April 2024
Logo

epaper

बिरामीको मृत्युले ,ओम अस्पताल तनावग्रस्त



चाबहिलस्थित ओम् अस्पतालमा बिहीवार उपचारका क्रममा बिरामीको मृत्यु भएपछि अस्पताल दिनभर तनावग्रस्त बनेको छ । पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया गर्दा बिरामीको मृत्यु भएको थियो । ५४ वर्षीया नन्दकुमारी लामिछाने गोरखा घर भइ चाबहिल बस्दै आएकी लामिछानेको उपचारको क्रममा मृत्यु भएको थियो ।

बुधबार पत्थरीको शल्यक्रिया गरिएकी नन्दकुमारीको बिहीवार मध्यान्न १ बजे मृत्यु भएको थियो । आफन्तले भने चिकित्सकको लापर्वाहीले मृत्यु भएको आरोप लगाएका छन् ।

चिकित्सक शल्यक्रिया गर्ने टोलीको नेतृत्व गरेका जनरल सर्जन डा. कमल कोइरालाले भने उपचारमा लार्पवाही नभएको दावी गरेका छन । ‘शल्यक्रिया सफल भइसकेपछि मुटुमा आएको समस्याले बिरामीको मृत्यु भएको हो ।

उहाँले भनु भयो हामीले उहाँको सफल सल्यक्रिया गरेर पत्थरी निकालेर आइसियुमा लगिसकेका थियौ त्यहाँ लगेको दुई घण्टापछि एक्कासी मुटुमा समस्या देखियो र मृत्यु भयो । शल्यक्रियापछि दुई घण्टा आइसियुमा राखेको र सो समयमा बिरामीका आफन्तले पनि भेटघाट गरेको अस्पतालको दावी छ ।

पीडित पक्षले भने उपचारमा संलग्न चिकित्सकलाई तत्काल कार्वाहीको माग राखेका छन् । दुवै पक्षले आ–आफ्ना मागमा अडान लिएपछि वार्ता टुङ्गो लाग्न सकेको छैन । अहिले भने अस्पताललाई प्रहरीले कडा सुरक्षा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्