प्रधानमन्त्री देउवाले डा.केसीको मागलाई लिएर छलफल गर्नु हुदै
डा.केसीका मागका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले आज सम्वन्धित पक्षका प्रतिनिधि निकायसँग छलफल गदै हुनुहुन्छ ।
पटक पटकको वार्ता निष्कर्षविहिन हुदै अनशन लम्बिदै गएपछि प्रधानमन्त्री देउवाले समस्या समाधानका लागि अग्रसरता देखाउनु भएको हो ।
अपरान्ह ४ बजे सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा हुने छलफलमा डा.केसीको माग सम्वोधनको लागि सरकारले गर्नुपर्ने गृहकार्यको बारेमा छलफल हुने बताइएको छ ।
छलफलमा शीर्षस्थ तीन दलका प्रतिनिधि सहित शिक्षामन्त्री गोपालमान श्रेष्ठ, स्वास्थ्यमन्त्री गिरीराजमणी पोखरेल, पूर्व स्वास्थ्य मन्त्री गगन थापा, दुबै मन्त्रालयका सचिवलाई बोलाइएको छ त्यस्तै प्रतिवेदन निर्माण समितिका संयोजक केदारभक्त माथेमा, डा.भगवान कोईराला, व्यवस्थापिका संसदको महिला बालबालिका तथा जेष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापति रन्जु कुमारी झालाई पनि छलफलमा बोलाइएको बताइएको छ ।
केसी पक्षधरले भने सरकार माग पूरा गर्न सम्वेदनशील नभएको भन्दै वार्ता बहिष्कार गरेपछि दुई दिन यता देखि वार्ता हुन सकेको छैन ।
वार्तामा उठेको चिकित्सा शिक्षा ऐन पारित गर्न कार्यक्षेत्र संसदको भएको भन्दै सो मागका सम्वन्धमा सरकारी वार्ता टोलीले कुनै ठोस जवाफ दिन सकेको छैन ।
यसैबीच अनशन लम्बिदै जाँदा केसीको स्वस्थ्य अवस्था गम्भिर बन्दै गएको छ । अनशनरत डा.केसीको शरीरमा पानी र ग्लुकोजको मात्र घटदै गएको कारण छाति दु्ख्ने रिङगटा लाग्ने जस्ता स्वस्थ्य समस्या देखिएको बताइएको छ ।
अनशन आज १२ औं दिन पुग्दा समेत सरकारी पक्षसँग ठोेस सहमति हुने सम्भावना भने देखिएको छैन ।