Logo
|
Thursday 18th April 2024
Logo

epaper

सहमति पछि ओम अस्पताल शान्त



पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया गर्दा बिरामीको मृत्यु भएपछि बिहीवार दिनभर तनावग्रस्त रहेको काठमाडौंको चाबहिलस्थित ओम अस्पताल र मृतकका आफन्त बीच सहमति भएपछि अस्पताल शान्त बनेको छ । मृतकका आफन्त र अस्पताल प्रशासनबीच आपसी सहमति भएपछि विवाद टुंगिएको दुवै पक्षले बताएका छन् ।

गोरखा घर भइ चाबहिल बस्दै आएकी ५४ वर्षीया नन्दकुमारी लामिछानेको उपचारको क्रममा मृत्यु भएपछि हिजो दिनभर मृतकका आफन्तले अस्पताल परिसरमा प्रदर्शन गरेका थिए । यसैबीच मृतकका आफन्तले सहमति पछि बिहिबार साँझ शव बुझेर दाहासंस्कार पनि गरिसकेको छन् ।

बुधबार पत्थरीको शल्यक्रिया गरिएकी नन्दकुमारीको बिहीवार मध्यान्ह् १ बजे मृत्यु भएको थियो ।
आफन्तले भने चिकित्सकको लापर्वाहीले मृत्यु भएको आरोप लगाएका थिए भने  चिकित्सक शल्यक्रिया गर्ने टोलीको नेतृत्व गरेका जनरल सर्जन डा. कमल कोइरालाले भने उपचारमा लार्पवाही नभएको दावी गर्नु भएको थियो।

डा.कोइरालाका अनुसार शल्यक्रिया सफल भइसकेपछि मुटुमा आएको समस्याले बिरामीको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्