Logo
|
Friday 29th March 2024
Logo

epaper

१५ देशको यात्रापछि जापान



  रक्तदानको महत्वबारे प्रचार गर्न विश्व साइकल यात्रामा निस्केका पर्वतको फलेवास नगरपालिका ११ पाङराङका भेषराज कँडेल र झापा कन्काइका युवराज मैनाली जापान पुगेका छन् ।

‘रक्तदान, जीवनदान’ मन्त्र बोकेर साइकल यात्रामा निस्किएका दुई युवा १५ देशको यात्रापछि जापान पुगेका हुन् ।सात महिनाअघि कँडेल र मैनालीले विश्वलाई रक्तदानको महत्वबारे सन्देश दिने उद्देश्यले सो यात्रा थालेको र यस क्रममा नेपालको सगरमाथा र गौतमबुद्धको बारेमा समेत प्रचार गर्दै हिँडेको बताए ।
नेपालबाट श्रीलंका, भारत, बंगलादेश, माल्दिभ्स, म्यानमार, भियतनाम, कम्बोडिया, लावोस, थाइण्याड, मलेसिया, सिंगापुर, ब्रुनाई, इन्डोनेसिया, फिलिपिन्स, ताइवान हुँदै जापान पुगेका ती युवा दक्षिण कोरियाको यात्रामा निक्लन लागेका र त्यसक्रममा सम्बद्ध देशका विभिन्न सङ्गघसंस्थासहित गैरआवासीय नेपाली संगठन र व्यक्तिले सहयोग गरेको जनाए ।

थुप्रैपटक रक्तदान गरिसकेका उनीहरुले रक्तदान गर्दा शरीर कमजोर हुन्छ भन्ने भ्रम हरेक देशमा रहेको पाइएको भन्दै यस्तो भ्रम चिर्नका लागि समेत विश्व साइकल यात्रा फलदायी हुने बताए ।

पाँच वर्षमा १५० देशको यात्रा गर्ने लक्ष्यसहित साइकल यात्रीले यात्राका क्रममा बुद्धको देशमा भ्रमणका लागि निम्ता दिएको र देशको पर्यटन प्रर्बद्धनमा समेत टेवा पुगोस भन्ने उद्देश्यले विश्वको सर्वोच्च शिखर सगरमाथाको देश घुम्न सन्देश फैलाउने काम गरिरहेको पनि जानकारी दिए ।

रक्तदानको महत्वको प्रचारकै क्रममा जापान पुगेका उनीहरुलाई फुकुओकास्थित नेपाल सोसाइटीका अध्यक्ष पुरुषोत्तम सिग्देल र वरिष्ठ उपाध्यक्ष नवीन अधिकारीसहितका पदाधिकारीले तीस हजार ऐन सहयोग गर्नुका साथै सम्मान गरेका थिए ।रासस

प्रतिक्रिया दिनुहोस्