Logo
|
Thursday 18th April 2024
Logo

epaper

रुघाखोकीका बिरामीको लगत



स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सरकारी तथा निजी अस्पतालमा मौसमी रुघाखोकी (इन्फ्लुएञ्जा) भई उपचारमा आउने बिरामीको लगत संकलन कार्य शुरु गरेको छ ।

यसका लागि महाशाखाले उपत्यकाका सबै सरकारी अस्पताल तथा केही निजी अस्पताललाई पत्राचार गर्दै दैनिक विवरण अनिवार्य महाशाखामा पठाउन निर्देशन दिइएको छ । देशका केही भागमा प्रकोपका रुपमा सो फ्लु देखा परेको हुँदा यसलाई समयमै नियन्त्रणमा लिन सहयोग पु¥याउन दैनिक बिरामीको संख्याको जानकारी लिन लागेका हौँ, महाशाखाका निर्देशक डा भीम आचार्यले जानकारी दिनुभयो ।

हालसम्म एचवान, एनवान नामक सो फ्लुका कारण छ जनाको मृत्यु भइसकेको छ । ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने, रुघाखोकी लाग्ने, श्वास फेर्न अप्ठ्यारो हुने तथा बालबालिकालाई झाडा–बान्तासमेत हुने सो फ्लुका लक्षण हुन् ।

यसबाट जोगिन खोक्दा सफा कपडा वा रुमालले नाकमुख छोप्ने, साबुन पानीले हात धुने, पोषिलो तथा झोल पदार्थ पिउने, अनावश्यकरुपमा भीडभाड भएको स्थानमा नजान आग्रह गरिएको छ ।

निर्देशक आचार्यले मौसमी रुघाखोकीलाई नियन्त्रणमा लिन स्वास्थ्य संस्था सक्रिय रहेको पनि जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्