Logo
|
Friday 26th April 2024
Logo

epaper

प्रसूति गृहमा शिशु प्रर्दशन



राजधानीमा अवस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीले शूक्रबार शिशु प्रदर्शनी गरेको छ । स्थापना दिवसको अवसर पारेर अस्पतालले एक वर्षको समय अवधि भित्र यस अस्पतालमा जन्मेका शिशुको प्रर्दशनी गरेको हो । वार्षिक उत्सवको अवसरमा हरेक वर्ष अस्पतालले शिशु प्रदर्शन गदै आइरहेको छ ।
शिशु प्रदशनीको लागि १ सय २१ जना अभिभावकले निवेदन दर्ता गराएको अस्पतालले बताएको छ । शिशु प्रर्दशनीमा संलग्न हुन चाहानेलाई अस्पतालले निवेदन आह्वान गर्छ । तर अन्य अस्पतालमा जन्मिएका शिशुले भने सहभागीता जनाउन पाँउदैनन् ।

प्रर्दशनीमा सहभागी शिशुलाई चार समुहमा विभाजन गरी उत्कृष्ठ तीन (प्रथम,द्धितिय,तृतिय ) र सान्त्वनालाई पुरस्कृत गर्ने गरेको पाईन्छ । छनौट गर्दा जन्मेको दिनदेखि ४५ दिनसम्मका लागि ‘ए’,४६ दिनदेखि ६ महिनासम्मका लागि ‘बी’ र ६ महिना देखि १ वर्षसम्मका लागि ‘सी’ समुहमा विभाजन गर्ने गरेको बताइएको छ । ३० साउनमा अस्पतालले वार्षिकोत्सव समारोह मनाउदै छ ।

प्रतिक्रिया दिनुहोस्