Logo
|
Friday 26th April 2024
Logo

epaper

१७ जना औलोका बिरामी फेला



बूढीनन्दा नगरपालिकाको कोल्टीमा आज १७ जना औलोका बिरामी देखा परेका छन् ।

बिरामी आफैँ स्वास्थ्य संस्थामा उपचारमा आएपछि औलोका बिरामी भेटिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । उनीहरुको रगत परीक्षण गर्दा औलो रोग लागेको थाहा भएको जनस्वास्थ्य अधिकृत रमेश कुँवरले जानकारी दिनुुभयो ।

कोल्टी क्षेत्रमा अत्यधिक गर्मीका कारण लामखुट्टेको टोकाइबाट रोग फैलिएको हुन सक्ने जिल्ला स्वास्थ्य कार्यालय बाजुराका डा रुपचन्द्र विश्वकर्माले बताउनुभयो । उहाँले घरआँगनमा पानीका खाडल र फोहर ठाउँमा बस्ने लामखुट्टेको टोकाइबाट रोग लाग्ने गरेको विश्वकर्माले बताउनुभयो ।

लामखुट्टेबाट बच्नका लागि घर आँगन सफासुग्घर बनाउने र झुलको प्रयोग गर्ने र नियमित सरसफाइ गर्न डा विश्वकर्माले आग्रह गर्नुभएको छ । शिविरमा सत्य शाहीको नेतृत्वको टोली उपचारका संलग्न छ । रासस

प्रतिक्रिया दिनुहोस्