Logo
|
Saturday 20th April 2024
Logo

epaper

सर्पको डसाइबाट ग्रामीण क्षेत्रका बासिन्दा प्रभावित



मध्यतराईका जिल्लामा सर्पको प्रकोप बढ्न थालेपछि ग्रामीण क्षेत्रका ६० प्रतिशत बासिन्दा सर्पको डसाइबाट प्रभावित हुन थालेका छन् ।

नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जका अनुसार अहिले वर्षा तथा अत्यधिक गर्मीको समय भएकाले सर्पको डसाइबाट प्रभावित भएका मानिस दैनिक १२ जनासम्म उपचारका लागि आउने गरेका छन् ।

उपचार गराउने बिरामीमध्ये बारा, पर्सा, रौतहत तथा सर्लाहीका ग्रामीण क्षेत्रका बासिन्दा बढी रहेको अस्पतालले जनाएको छ ।

एक तथ्यांकअनुसार सर्पको डसाइबाट प्रभावित भई असारमा ३६०, साउनको हालसम्म २४० जना उपचारका लागि अस्पताल भर्ना भएका थिए । जसमध्ये २९ जनालाई विषालु सर्पले डसेको थियो । अन्तिम अवस्थामा उपचारका लागि अस्पताल आएका बिरामीमध्ये तीनजनालाई थप उपचारका लागि बाहिर पठाएको अस्पतालले जनाएको छ ।

वर्षा र गर्मीको समय भएकाले दुलोबाट सर्प बाहिर निस्की घरमा बस्ने भएकाले खाली खुट्टा नहिँड्न, सतर्कता अपनाउनु नै सर्पको डसाइबाट बच्न सकिने उत्तम उपाय भएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा चितरञ्जन साहले बताउनुभयो ।

पर्याप्त मात्रमा एन्टिस्नेक भ्याक्सिन भएकाले सर्पको डसाइबाट पीडित बिरामीलाई निःशुल्क औषधि दिने गरेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्