Logo
|
Wednesday 24th April 2024
Logo

epaper

प्रदूषित अण्डा स्वीकार



बेल्जियमले गत जुन महिनामा नेदरल्याण्डबाट ल्याइएका अण्डाहरु किरा मार्ने विषादीबाट प्रदूषित रहेको जानकारी रहेको स्वीकार गरेको छ।
अनुसन्धान जारी रहेकाले उक्त सूचना सार्वजनिक नगरेको बेल्जियमको खाद्य सुरक्षा एजेन्सीकी प्रवक्ताले बताएकी छन्।
डच अण्डामा रहेको रासायनिक पदार्थ फिप्रोनिलले मान्छेका मृगौला, कलेजो र थाइरोइड ग्रन्थीलाई क्षति पुर्याउन सक्ने परीक्षणले देखाएको छ।बेल्जियम, जर्मनी र नेदरल्याण्डका सुपरमार्केटहरुले संभावित प्रदूषित अण्डाहरु हटाएको बताएका छन्।

अनुसन्धान

बेल्जियमकी प्रवक्ता केट्रीन स्ट्रेगीरले भनिन्, ूजुन महिनाको शुरुतिरै उक्त अण्डामा फिप्रोनिलको समस्या रहेको थाहा भएको थियो। तत्कालै हामीले अनुसन्धान शुरु गर्यौँ र अभियोजनकर्ताहरुलाई धोखाको मामिला हुन सक्ने बतायौं। उनले विस्तृत विवरण दिइनन्।
जर्मन कृषि मन्त्रि क्रिष्टियन स्मीड्टले बेल्जियमको भनाइप्रति चासो व्यक्त गर्दै आफ्ना बेल्जियन समकक्षीसँग सोमबार कुराकानी गर्ने बताए।
एकजना जर्मन अधिकारीका अनुसार एक करोडजति प्रदूषित अण्डा जर्मनीमा विक्री भएको हुनसक्छ।युरोपमा अण्डा र त्यसबाट बन्ने अन्य पदार्थको नेदरल्याण्ड एक प्रमुख निर्यातकर्ता हो।र यो विश्वकै सबभन्दा ठूलोमध्ये एक अण्डा निर्यातकर्ता पनि हो।नेदरल्याण्डमा वार्षिक दश अर्ब अण्डा उत्पादन हुने र त्यसको ६५ प्रतिशत निर्यात हुने गरेको बताइन्छ।अनुसन्धानक्रममा नेदरल्याण्डका १८० वटा कुखुरा उद्योगहरु अस्थायी रुपमा बन्द गरिएका छन्। बीबीसी नेपालीसेवाबाट

प्रतिक्रिया दिनुहोस्