Logo
|
Friday 29th March 2024
Logo

epaper

डा.केसीको माग सम्बोधन गर्न ढिलाई



व्यवस्थापिका– संसद्को आजको बैठकको विशेष समयमा सांसदहरुले प्रा डा गोविन्द केसीका जायज माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

विशेष समयमा बोल्दै सांसद सुशीलकुमार श्रेष्ठ र अभिषेकप्रताप शाहले डा केसीका जायज माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै प्रा डा केदारभक्त माथेमाको संयोजकत्वमा गठित समितिको प्रतिवेदन कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद अइन्द्रविक्रम नेम्वाङले स्वाइन फ्लुका कारण काठमाडौँमा छ जनाको ज्यान गएको तथा मुलुकका अन्य स्थानमा समेत उक्त रोग फैलँदै गए पनि अस्पतालमा रोग परीक्षण गर्ने उपकरण अभाव रहेको बताउनुभयो ।

सांसद अनुराधा थापा मगर, मीना पुन र एकनाथ ढकालले प्रा डा केसीका माग सम्बोधन गर्न सरकारले ढिलाइ गरेकामा गुनासो गर्नुभयो ।यसैबीच विशेष समयमा सांसद श्याम श्रेष्ठ, लोकमणि ढकाल, रुक्मिणी चौधरी, कमलप्रसाद पंगेनी, हरिचरण साह, यशोदाकुमारीले पनि समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्