Logo
|
Wednesday 17th April 2024
Logo

epaper

आइओएम डीन कार्यालयको ताला खुल्यो



३७ दिनपछि त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) डीन कार्यालयमा लागेको ताला खुलेको छ । महाराजगञ्ज क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन र त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आई ओ एम)बीच ६ बँुदे सम्झौता पश्चत ताला खुलेको हो ।

बिहान १० बजे ताला खोलेको स्ववियूले माग पुरा गर्ने सम्वन्धमा डीनको कार्यालय सकारात्मक भएको बताएको छ ।
यो सँगै स्ववियूले आन्दोलन स्थगित भएको घोषणा समेत गरेको छ ।

स्ववियूको मुख्य माग भने, छ महिना ढिला भर्ना भएको विद्यार्थीको सम्वन्धमा आउँदो शैक्षिक सत्रमा किष्ट मेडिकल कलेजमा एक कोटा घटाएर भर्ना गर्न पहल गर्ने सम्झौँतामा उल्लेख छ ।

त्यस्तै विपन्नता आरक्षणमा पढेको विद्यार्थीको सम्वन्धमा पनि छानवीन अघि बढाउने , कम्युनिटी पोष्टिङमा जानेलाई भत्ता सुविधा मन्त्रालयबाट प्राप्त हुनासाथ उपलब्ध गराउने र मेरिटका आधारमा तोकिएको शुल्कमा अध्ययनको व्यवस्था गर्ने भन्ने छ ।
यसैबीच एक महिनाको अवधिमा स्ववियूले राखेका माग पुरा गर्न प्रयास गरिने डीनको कार्यालयले बताएको छ ।

वार्तामा स्ववियुका तर्फबाट डा मिलन गैरे, घनश्याम पाण्डे, केशव आचार्य सहभागी हुनु भएको थियो । त्यस्तै आइओएमका तर्फबाट प्राडा राजेन्द्रप्रसाद गुरागाईँ, प्राडा द्धारिकाप्रसाद श्रेष्ठ,प्राडा वाईपी सिंह सहभागी हुनु भएको थियो ।

विभिन्न ६ बँुदे माग राख्दै स्ववियुले गत १९ असार देखि डीन कार्यालयमा ताला लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्