Logo
|
Friday 19th April 2024
Logo

epaper

डा.भट्टराईलाई भेट्न अस्पताल पुगे अध्यक्ष ओली



नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईको स्वास्थ्य अबस्था बुझन् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भक्तपुर गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पताल पुग्नु भएको छ ।

गत शुक्रबार मूत्रथैलीको शल्यक्रिया गरी उपचारार्थ भर्ना भएका डा भट्टराईको स्वास्थ्य अवस्था बुझनका लागि अध्यक्ष ओली अस्पताल पुग्नु भएको हो ।

डा भट्टराईको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकसँग भट्टराईको स्वास्थ्य अवस्थाबारे अध्यक्ष ओलीले जानकारी लिनु भएको थियो ।

करिब एक वर्षदेखि नियमित रुपमा डा.भट्टराईको मूत्रथैलीको परीक्षण गरिरहका डाक्टरले हाल पिसाबमा बढी खराबी आएका कारण शल्यक्रिया गरिएको बताए ।

शुक्रबार प्रोष्टे«ट ग्ल्याण्ड मूत्रथैलीको शल्यक्रिया गरेका भटराई आज डिस्चार्ज हुदैहुनुन्छ ।

प्रतिक्रिया दिनुहोस्