Logo
|
Friday 26th April 2024
Logo

epaper

डा.भट्टराई अस्पतालबाट डिस्चार्ज



मूत्रथैलीको शल्यक्रिया गरी विगत छ दिनदेखि अस्पतालमा रहनुभएका नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराई घर फर्किनुभएको छ । डा भट्टराईको भक्तपुरस्थित नागरिक सामुदायिक अस्पतालमा गत शुक्रबार मूत्रथैलीको शल्यक्रिया गरिएको थियो । उहाँको उपचारमा रु ८५ हजार खर्च भएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालबाट घर फर्किनेक्रममा डा भट्टराईले स्वदेशमै पनि स्तरीय स्वास्थ्य सेवा लिन सकिने भन्दै उपचारका नाममा विदेश धाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्