Logo
|
Thursday 28th March 2024
Logo

epaper

डा. इवामुरा हस्पिटलमा स्त्री रोगसम्बन्धि बृहत शिविर



के तपाईंको तल्लो पेट दुखिरहन्छ ? अथवा तपाईंको रोग डायग्नोष्टिक हुन सकेको छैन । अब नआत्तिनुस् । भक्तपुरको सल्लाघारीस्थित डा.इवामुर हस्पिटलले शुरु गरेको स्त्री रोगसम्बन्धि एक महिने बृहत शिविरमा तल्लो पेट दुख्ने समस्या पहिचान हुन नसकेका महिलाहरुका लागि ‘डायग्नोष्टिक ल्याप्रोस्कोपिक सेवा’ बाट समस्या पहिचान भइरहेको छ । अहिलेसम्म ३५० जना महिलाहरुले सेवा प्राप्त गर्न सफल  भइसकेका छन् । तिमध्ये १० जनामा ओभयरियन सिस्टको समस्याका कारण शल्यक्रिया गर्नुपर्ने अवस्था देखिएको छ । ‘एउटा महिला स्वस्थ्य भएमा, पूरै घर स्वस्थ्य हुन्छ’ भन्ने अवधारणका साथ गत साउन १५ गतेदेखि एक महिनासम्म इवामुरा स्त्री रोग विभागकी डाक्टर शोभा मारिखु श्रेष्ठ (एमडी) को नेतृत्वमा शिविर सञ्चालन भइरहेको छ । सो शिविरमा ओभरियन सिस्ट समस्याको जाँच, आमाको कोखमा बच्चा नबस्नुको समस्याको जाँच, तल्लो पेट दुख्ने समस्या र भिडियो एक्सरेबाट थाहा नहुने समस्याको जाँच, दुर्बिन प्रविधिबाट पाठेघरको शल्यक्रिया, महिनावारी गडबडीको समस्याको जाँच भइरहेको डा.शोभा मारिखुले बताउनुभयो ।
अल्ट्रासाउन्ड र भिडियो एक्सरेमा करिब २० प्रशित छुट दिएको छ भने अवस्था अनुसार शल्यक्रिया सेवाका लागि ५० देखि ६५ प्रतिशतसम्म छुटको व्यवस्था मिलाइएको छ । डायग्नोष्टिक ल्याप्रोस्कोपिक सेवा लिन महिलाहरुको भिड बढिरहेको व्यवस्थापक रञ्जित मारिखुले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्