Logo
|
Thursday 25th April 2024
Logo

epaper

विवादास्पद निर्णय गरेको भन्दै चिकित्सक संघले जनायो आपत्ति



नेपाल चिकित्सक संघले प्राडा गोविन्द केसीको ११ औं आमरण अनशन १९ औं दिन भईसक्दा समेत चिकित्सा शिक्षा विधेयकलाई अन्तिम रुप दिन गठित कार्यदलले विवादास्पक निर्णय गरेको भन्दै आपत्ति जनाएको छ ।

संघले आज एक विज्ञप्ति निकाल्दै भनेको छ, यस संघका आजीवन सदस्य डा केसी को ११ औं आमरण अनसनको १९ दिन भईसक्दा समेत चिकित्सा शिक्षा विधेयकलाई अन्तिम रुप दिन गठित कार्यदलले विवादास्पक निर्णय गरी संसदको महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिको पूर्ण बैठकमा पेश गरेकोप्रति नेपाल चिकित्सक संघ घोर आपत्ति प्रकट गर्दै उक्त निर्णय अविलम्ब फिर्ता लिन जोडदार माग गर्दछ ।

नेपालको चिकित्सा शिक्षाको विश्वसनियता, गुणस्तरीयता र पारदर्शिताका लागि नेपाल चिकित्सक संघ एवं डा केसी सँग विगतका बर्षहरुमा गरेको सम्झौतालाई कायान्वयन गर्दै उहाँको जीवन रक्षा गर्नका लागि आजकै मितिदेखि लागू हुने गरी अर्को निर्णय नहुँदासम्मका लागि देशभरका सम्पूूर्ण सरकारी, निजी शिक्षण अस्पताल, अस्पतालहरु, मेडिकल कलेजहरु, नर्सिङहोम, क्लिनिक लगायतका सम्पूूर्ण स्वास्थ्यसंस्थाहरुमा कार्यरत सम्पूूर्ण चिकित्सकहरुले आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवाहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय भएकोले सो अनुुसार गर्नुु गराउनुु हुन नेपाल चिकित्सक संघका सम्पूूर्ण शाखाहरु एवं देशभरका सम्पूूर्ण चिकित्सकहरुलाई यसै विज्ञप्ती मार्फत जानकारी गराउँदै यस आन्दोलनलाई सफल तुुल्याउन हार्दिक आह्वान गरिन्छ ।

आकस्मिक सेवा बाहेकका अन्य स्वास्थ्य सेवाहरु पूर्ण रुपमा बन्द गर्दै देशभरका स्वास्थ्य संस्था तथा अस्पतालका चिकित्सकहरु आ आफ्ना स्वास्थ्य संस्था वा अस्पतालको प्रांङ्गणमा उपस्थित भई नेपाल चिकित्सक संघले निर्देशन गरे अनुसारका विरोधका कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउनु हुन समेत हार्दिक आग्रह गरिन्छ ।

हाम्रो यस आन्दोलनप्रति नर्सिङ, स्वास्थ्यकर्मी, नागरिक समाज, शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड), मानव अधिकार आयोग तथा संघ संगठनहरु, पत्रकार तथा सम्पूर्ण बुद्धिजीविहरुलाई ऐक्यबद्धताको लागि हार्दिक अपिल गर्दै देशभरका सम्पूूर्ण स्वास्थ्य संस्थामा बहिरंग सेवा बन्द गर्ने परिस्थितिको सिर्जना नेपाल सरकारले नै गराएकोले यसबाट आम सर्व साधारणहरुमा पर्न जाने असुुविधाप्रति नेपाल चिकित्सक संघ गहिरो दुुःख व्यक्त गर्दछ ।
भवदीय,
डा लोचन कार्की
महासचिव

प्रतिक्रिया दिनुहोस्