संसदीय समितिबाट चिकित्सा शिक्षा विधेयक पारित
संसदको महिला, बालबालिका तथा समाज कल्याण समितिले चिकित्सा शिक्षा विधेयक पारित गरेको छ। अब यो विधेयक छलफलका लागि संसदमा पेस गरिनेछ । विधेयकमा रहेका केही विवादित विषय अब बन्ने चिकित्सा शिक्षा आयोगले टुंग्याउने सहमति भएसँगै विधेयक समितिले पारित गरेको हो ।
समितिको शुक्रबारको बैठकले विधेयक पास गर्दै अनशनरत डा गोविन्द केसीलाई अनसन तोड्न आग्रह गरेको छ ।
डा केसी चिकित्सा शिक्षा विधेयक पास गर्नुपर्ने लगायतका माग राख्दै अनसन बसेको १९ दिन पुगेको छ ।
समितिले विधेयकको विवादित दफा संशोधनसिहत पारित गरेको हो।