Logo
|
Wednesday 28th July 2021
E-paper Magazine

डा. केसीको समर्थनः काठमाडौंमा विशाल जुलुस



मेडिकल शिक्षा सुधारका लागि भनेर २० दिनदेखि आमरण अनसनरत चिकित्सक डाक्टर गोबिन्द केसीको मागको समर्थनमा काठमाडौंमा विशाल प्रदर्शन गरिएको छ । काठमाडौंको माइतिघरमा जम्मा भएर गरिएको सो प्रदर्शनीका सहभागीहरुले भ्रष्टाचारी सकुशल घरमा, डा. केसी हावाको भरमा, सरकारको भुटुनमा माफियाको तरकारी, ६०१ लाई भत्ता, चिकित्सा ऐन वेपत्ता जस्ता नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।


प्रदर्शनका क्रममा ६०१ सांसद मेडिकल माफियाको चंगुलमा परेको देखाइएको थियो । त्यसका लागि माफिया लेखिएको कार्ड भिरेका एक सहभागीले डोरीले तानेका थिए । प्रदर्शनी नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्