Logo
|
Tuesday 21st May 2024
Logo

epaper

स्वास्थ्य मन्त्रालयले बनायो ‘उच्च सतर्कता युनिट’, महामारी न्यूनिकरण र औषधि अभाव पूर्तिका लागि हाई अलर्ट



स्वास्थ्य मन्त्रालयले मुलुकमा परेको अविरल वर्षाका कारण बाढी प्रभावित क्षेत्रमा हुनसक्ने महामाहारी न्यूनिकरण र औषधि अभाव पूर्तिका लागि छुट्टै ‘उच्च सतर्कता युनिट’ गठन गरेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र स्वास्थ्य सेवा विभागलाई हाइ अलर्टमा राखिएको छ । पुर्वाञ्चल क्षेत्र हेर्न डा. भेषराज पोखरेल, मध्यमाञ्चलका लागि क्षेत्रीय निर्देशक डा. बासुदेव पाण्डेलालाई जिम्मेवारी सुम्पिएको छ । आवश्यक औषधि परिपूर्तिका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशखाका निर्देशक डा. भिम आचार्यलाई जिम्मेवारी दिइएको छ भने स्टोरको जिम्मा भरत शाहलाई सुम्पिएको छ ।
स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेल, स्वास्थ्य सचिव डा. किरण रेग्मी, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्त र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. भिम आचार्य सहितको बैठकले बाढी प्रभावित क्ष्ँोत्रमा औषधि तथा स्वास्थ्यकर्मीको सम्र्पूण व्यवस्था मिलाएको उल्लेख गरिएको छ । स्वास्थ्य मन्त्री पोखरेलले मन्त्रालयका सचिव, विभागका महानिर्देशक लगायतका पदाधिकारीहरुलाई बाढी पहिरो क्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन दिनुभएको छ ।
‘सुनसरी ,झापा,मोरङ्गदेखि महेन्द्रनगरसम्मका क्षेत्रमा बाढीका कारणले कुनै पनि औषधिहरु अभाव हुन दिइएको छैन । मन्त्रालयले औषधि पर्याप्त मात्रामा व्यवस्था गरेको छ ।’—मन्त्री पोखरेलले भन्नुभयो ।


बाँकेको फत्तेपुरमा रहेको स्वास्थ्य चौकीमा सबै औषधिहरु बाढीको कारण नष्ट भएको छ । एक तला भवन डुबेको छ । स्वास्थ्यकर्मीहरुलाई छुट्टै घरमा राखेर सर्वसाधरणको उपचार गर्ने व्यवस्था मिलाइएको छ । औषधिहरुको अभाव कुनै पनि स्वास्थ्य संस्थामा भएको छैन ।
स्वास्थ्य मन्त्रालय , स्वास्थ्य सेवा विभाग र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सम्र्पूण व्यवस्था मिलाएको छ । झापाका स्वास्थ्य चौकीमा भने बाढीको कारण खासै असर गरेको छैन । बाढी प्रभावित क्षेत्रमा रहेका जिल्ला अस्पताल, अञ्चल अस्पताल, जिल्ला जनस्वास्थ्य कार्यालयहरुलाई उच्च सतर्कतामा बस्न दिर्नेशन दिइएको छ ।
तराइका विभिन्न जिल्लाहरुमा बाढी पहिरोको कारण हालसम्म केही स्थानका स्वास्थ्य संस्थामा प्रतक्ष असर पु¥याएको छ । बाढीको कारण रौतहटको गंगापिपरा प्राथमिक स्वास्थ्य केन्द्र डुबानमा परेको छ भने पतौरा प्राथमिक स्वास्थ्य केन्द्र पनि डुबानमा परेको छ । उक्त केन्द्रको कम्पाउण्डको वाल भत्काएको छ । यस्तै दुइवटा पानी ट्याङ्की बाढीका कारण बगाएको छ । गंगापिपरामा कार्यरत कर्मचारी प्राथमिक स्वास्थ्य केन्द्रमै रहेकाछन् । स्थानीयले स्वास्थ्यकर्मीको उद्धारा गर्ने क्रम जारी छ । उक्त ठाँउमा तीनफिट पानी जमेको कारण उद्धारमा समेत कठिनायी भएको थियो ।
उक्त क्षेत्रका स्वास्थ्यकर्मीहरु पनि बाढीपीडित क्षेत्रमा उपचारमा खटिरहेका छन् । औषधि पर्याप्त मात्रामा रहेको छ । पानीको बहाबको कारणले उक्त स्थानमा जनमग्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्