Logo
|
Wednesday 24th April 2024
Logo

epaper

एम्बुलेन्स डुब्दा गर्भवती महिला सहित ६ जनाको मृत्यु



रौतहट जिल्लाको राजपुर गाउँपालिकामा एम्बुलेन्स डुब्दा एकै परिवारका ६ जनाको ज्यान गएको छ । राजपुर गाउँपालिका ३ का चन्दन यादवकी श्रीमती सर्मिला यादवलार्इ सुत्केरी ब्यथा लागेपछि गौर लाने क्रममा राजपुर गाउँपालिका स्थित पेट्रोल पम्प नजिक रहेको खाडलमा एम्बुलेन्स डुब्दा एकै घरका ६ जनाको ज्यान गएको हो ।

एम्बुलेन्समा रहेका अन्य दुई जना भने पौडेर बाँच्न सफल भएको बताइएको छ ।
एम्बुलेन्स भारतीय नम्बरको रहेको बताइएको छ भने घटनालगत्तै प्रहरी पुगेको थियो ।

बाढीको कारण सयौं सवारी साधन र हजारौं यात्रु अलपत्र परेका छन् । यसैबीच सञ्चार सेवा अवरुद्ध हुदाँ घटनाको बारेमा थप जानकारी प्राप्त हुन सकेको छैन ।

त्यस्तै गृह मन्त्रालयका अनुसार बाढी पहिरोमा परि अहिले सम्म  ५१  जनाको मृत्यु भएको बताएको छ । गृहमन्त्रालयले आइतबार बिहान १० बजे दिएको जानकारी अनुसार मुलुकको विभिन्न स्थानमा आएको बाढी पहिरोको कारणा मृतकको संख्या ५१  पुगेको छ भने घाइते १६ र वेपत्ता ८ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्