Logo
|
Tuesday 21st May 2024
Logo

epaper

बाढी—पहिरो प्रभावितलाई चौबीसै घण्टा स्वास्थ्य सेवा प्रदान गर्न मन्त्री पोखरेलको निर्देशन



स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलले स्वस्थ्यकर्मी तथा नर्सहरुलाई काममा फर्कन निर्देशन दिनु भएको छ । उहाँले अविरल वर्षाका कारण आएको बाढी पहिरोका कारण देखिन सक्ने स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै स्वस्थ्यकर्मी तथा नर्सहरुलाई बिदामा नबस्न र बिदामा बसेकालाई काममा फर्कन निर्देशन दिनुभएको छ । ।

त्यस्तै मन्त्री पोखरेलले, ‘सम्पूर्ण स्वास्थ्यकर्मी तथा नर्सहरुलाई छुट्टीमा नबस्न, तालिम, भेला, गोष्ठी लगायतका सम्पूर्ण कार्य रोकि कार्यस्थलमा फर्केर आफ्नो जिम्मेवारी सम्हाल्न,  चौबीसैं  घन्टा फिल्डमा रहेर सेवा दिन र आवश्यक औषधि तथा जनशक्तिको व्यवस्था मिलाउन निर्देशन समेत दिनु भएको छ ।’

‘विपदको समयमा घाइते तथा विस्थापितहरुको लागि तत्काल उपचार गर्ने गराउने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालय प्रतिबद्ध रहेको छ,’भन्नुहुदै मन्त्री पोखरेलले,‘अहिलेको अवस्थामा स्वास्थ्य मन्त्रालय र यस अन्र्तगतका निकायहरु परिचालित भई सकेका छन् । ’

विषम परिस्थितिमा बाढी÷पहिरोबाट विस्थापित, घाइते एवं प्रभावितहरुलाई औषधि÷उपचारबाट वञ्चित हुने अवस्था सिर्जना हुन नदिन सम्वन्धित स्थानहरुमा स्वास्थ्यकर्मी खटाइएको मन्त्री पोखरेलले बताउनु भयो ।

मन्त्रालयका उच्च अधिकारी, विषेशज्ञहरुको नेतृत्वमा टोली बनाई प्रभावित क्षेत्रमा पठाइएको बताउदै मन्त्री पोखरेलले बाढी÷पहिरो पश्चयात उत्पन्न हुने झाडापखाला, आउ, हैंजा, जन्डिस जस्ता महामारी फैलन सक्ने सम्भावनाप्रति समेत ध्यान पु¥याँउदै आवश्यक तयारी गरिएको बताउनु भयो ।

यसैबीच उहाँले घाइते एव्म प्रभावितहरुलाई छिटो र सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न सम्वन्धित सबैमा आग्रह समेत गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्