Logo
|
Tuesday 21st May 2024
Logo

epaper

बाढी पहिरो पीडितले ९८५१०९६०८९ (०१—४१००१८७ ÷ ०१—४२६२२६८) सम्पर्क गरी उपचार सहयोग लिन सक्ने



बाढी पहिरो पीडितले ९८५१०९६०८९ मा फोन गरी स्वास्थ्य उपचारका लागि आवश्यक सहयोग लिन सक्ने स्वास्थ्य मन्त्रालयले बताएको छ । उक्त नम्बर भने महामारी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्यको हो ।

उक्त नम्बरमा फोन गरे पश्चयात डा.आचार्यले उपचार तथा स्वास्थ्य सहयोगका लागि जिल्लामा व्यवस्थापन मिलाउनु हुने छ । साथै महाशाखाको हटलाइन नम्बर ०१—४१००१८७ र ०१—४२६२२६८ को पनि व्यवस्था मिलाइएको छ ।

मन्त्रालयले बाढी पहिरो प्रभावित क्षेत्रमा सरुवा रोगको जोखिम हुने भन्दै यस्तो व्यवस्था गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्